२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

२०८२, १२ असार बिहीबार १५:४०
काठमाडौँ । कालीकोटको रास्कोट नगरपालिका–३ का दलित बस्तीमा एक घर एक खानेपानीको धारा जडान भएको छ । सागाटिया, कुमाल वाडा र नैकला टोलका एक सय ७८ घरधुरीमा पाँच किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर ‘एक घर, एक धारा’ योजना अन्तर्गत खानेपानी पु¥याइएको हो ।
घरघरमै धारा जडान भएसँगै पुस्तौँदेखिको खानेपानीको सङ्कट अन्त्य भएको छ भने स्थानीयलाई घण्टौँ टाढाबाट पानी बोकेर ल्याउने बाध्यता हटेको छ । एक गाग्री पानी ल्याउन बिहानभरि लाग्ने गरेको र घरमा खानेपानीको धारा आउला भन्ने कल्पना नगरेको स्थानीय सीता कुमालले बताउनुभयो । ‘अब बचेको समयमा आम्दानीको काम गर्न थालेका छौं,’ उहाँले भन्नुभयो,“खानेपानी ल्याउनका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।”
खानेपानी योजना बनाउनका लागि हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल, कालीकोटको प्राविधिक सहयोगमा सम्पन्न भएको हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बताउनुभयो । “करिब रु डेढ करोडको लागतमा दुई वटा आयोजनामार्फत योजना सम्पन्न भएको हो,’ उहाँले भन्नुभयो, ‘स्थानीयको श्रमदान महत्वपूर्ण रहेको थियो ।”
खानेपानीसँगै सरसफाइ सुधारका लागि भाँडा सुकाउने ठाउँ, फोहर फाल्ने खाडललगायत संरचना पनि निर्माण गरिएको छ । जसले बस्तीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले यो आयोजना नगरपालिकाको नमूना योजना भएको बताउनुभयो । उहाँले यसको संरक्षण र दीगो प्रयोगमा सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
खानेपानी योजनाले सामाजिक न्यायलाई व्यवहारमा उतारेको उप–प्रमुख मनिराज बरालले बताउनुभयो । ‘विकट दलित बस्तीमा शुद्ध पानी पु¥याएर हामीले विभेद् अन्त्यको दिशामा सानो तर महत्वपूर्ण कदम चालेका छौंँ,’ उहाँले भन्नुभयो, ‘अब सरसफाइ र मर्मतमा स्थानीयको सक्रियता आवश्यक छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन