नन्दराम जैशी | साउन २४, जुम्ला | जुम्लाको सरकारी टोली आइतबार बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ । नाग पञ्चमीको दिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन २४, जुम्ला | जुम्लाको सरकारी टोली आइतबार बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ । नाग पञ्चमीको दिन"/>
२०८२, ३० फाल्गुन शनिबार
जुम्ला - JML

पञ्चेबाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

२०७३, २४ श्रावण सोमबार ०४:३६

नन्दराम जैशी | साउन २४, जुम्ला | जुम्लाको सरकारी टोली आइतबार बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ । नाग पञ्चमीको दिन तिर्थालु सहित सरकारी टोली दिउँसो १ बजे तिर बाजुरा जिल्लामा रहेको बडिमालिका भगवती मन्दिर दर्शनको लागि गएको हो । 

बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलिलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगाएत सर्बसाधाणले फुलमाला, अबिरसहित पञ्चेबाजाका साथ पठाएका छन् ।  

बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलीलाइ दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतिको झोली र तिर्थालुलाई परिक्रमा गराएर बाजुरातर्फ पठाउने गरिएको छ । त्यो मन्दिरमा वर्षको एक पटक सरकारी टोली पुजा गर्नको लागि जाने गर्दछ । बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलिलाइ नेपाली सेनाले सलामी दिएर सदरमुकामबाट विदाइ गरेको हो । परम्परादेखि नै बलिमालिका जाने टोलीलाई नेपाली सेनाको टोलीले बेनबाजा र बिगुल फुकेर पठाउने चलन रहि आएको संस्कृतीविद रमानन्द आचार्यले बताउनुभयो ।

जिल्ला प्रशासन जुम्लाका कार्यालय जुम्लाका खरीदार गोविन्द खनालको नेतृत्वमा आज प्रस्थान गरेको एका टोलि १७ दिन पछि जुम्ला सदरमुकाम आइ पुग्ने गर्दछ । जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टिका, विनायो, चाँदीको कांगियो, छत्र, मुरुली गरी ५ वटा पुजाका सामान पेटारो झोलीमा राखेर बडीमालीका मन्दिरमा पुजाका लागि पठाइएको छ ।

त्यस्तै भक्तजनहरुले आफ्नो बरपुर्तिका लागि भेटिसँगै मार्सिधानको अक्षता, फुलपाती, फलफुल, ध्वजा तोरण जस्ता प्रसादहरु पठाएका छन् । जिल्लाबाट गएको टोलिसँगै गाँउ गाँउबाट पनि अन्य भर्मालम्बीहरु थपिदै जाने गर्दछन् । समाजसेवि चित्रलाल श्रेष्ठको घरबाट भगवति निकालेर चन्दननाथ, भैरबनाथ मन्दीर परीक्रममा पछि सो टोलि बढिमालिका प्रस्थान गरेको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह