६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार

२ जेष्ठ २०८२, बिहीबार १२:३३

काठमाडौँ | सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । कालीकोटको तिलागुफा नगरपालिका–१० का २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा अवस्था जटिल बन्दै गएका कारणले बिहीबार उहाँलाई हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको तिलागुफाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

रोकाया सुत्केरी हुने अनुमानित मिति जेठ १९ गते भएको र प्रसुती व्यथा सुरु हुनु अगावै खतराको लक्षण देखा परेकाले आकस्मिक अप्रेसन गरी बच्चा र आमालाई स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले रिफर गरिएको स्वास्थ्य चौकी चिल्खायाका सिनियर अहेब धनरुप शाहीले बताउनुभयो ।

सुत्केरी व्यथा लागि जटिल अवस्थामा पुगी रोकायाको उक्त बर्थिङ सेन्टरमा सुत्केरी गराउनसमेत नसकिने हुँदा तत्काल सुविधा सम्पन्न अस्पतालमा थप उपचार गराउनुपर्ने भएको र उहाँको आर्थिक अवस्था कमजोर भएको भनि तिलागुफा नगर कार्यपालिकाको कार्यालयको पत्रका आधारमा महिला उत्थान समन्वय एकाइको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता