३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’

९ बैशाख २०८२, मंगलवार १७:२७

काठमाडौँ | कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सूचना प्रविधिको स्वरुप बदलिएकाले यसको महत्व झनै बढेको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसनको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘डिजिटल कर्णाली कन्लेक्भ’मा उहाँले भन्नुभयो, “हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो, संसार उसकै हातमा थियो । आधुनिक इतिहास हेर्दा पनि जोसँग सूचना र प्रविधि छ, ऊ नै महान् बनेको बिर्सन सकिँदैन ।”

अहिलेको युग डिजिटल प्रविधि र सूचनाको युग भएकाले मुख्यमन्त्री कँडेलले मान्छेको हातमा कुरा गर्न मिल्ने मोबाइल मात्रै नभएर सिङ्गो संसारका गतिविधि नियाल्न मिल्ने सुविधा रहेको बताउनुभयो ।

कन्क्लेभमा आजै भएका विभिन्न प्रस्तुतिहरुमा कर्णालीमा ‘डिजिटाइजेसन’का चुनौतीहरुबारे सान्दर्भिक विषयहरु उठिरहेको र पहिलो सर्तका रुपमा पूर्वाधार आवश्यक रहेको उहाँको भनाइ छ । कर्णालीमा ब्रोडब्यान्ड इन्टरनेट, मोबाइल टावर, नियमित बिजुली अझै धेरै स्थानमा कमजोर भएकाले ठूलो सङ्ख्या डिजिटल साक्षरताबाट वञ्चित भएको उहाँले बताउनुभयो । सूचना, प्रविधिको जनतासम्म गुणस्तरीय पहुँच अझै पुग्न नसकेको उहाँको भनाइ छ । यही कारणले धनी र गरिबबीचको खाडल अर्थात् ‘डिजिटल डिभाइड’को अवस्थाबाट गुज्रिरहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका विद्यालयहरूलाई नमूनाका रुपमा विकास गर्दै डिजिटल शिक्षा सुरु हुने क्रममा रहेको जानकारी दिनुभयो । डिजिटल पूर्वाधार, डिजिटल शिक्षा र डिजिटल पहुँच बिनाको समावेशी विकास गर्न नसकिने भएकाले सबैले हातेमालो गरेर अगाडि बढनुपर्ने मुख्यमन्त्री कँडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ