३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

भाउजुलाई खुकुरी हान्ने देवर पक्राउ

२७ असार २०७९, सोमबार १४:४९

असार २७, काठमाडौं | भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका थिए ।

त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजु दिलसरा बोहरा खड्कालाई आइतबार राति खुकुरी प्रहार गरेका थिए । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक बिष्णुप्रसाद सोतीले आइतबार राति जग्गा अंशबण्डाको विषयमा झगडा हुँदा देउकुमारले आफ्नै भाउजु दिलसरालाई खुकरी हानेका थिए । 

घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पठाएर खड्कालाई नियन्त्रणमा लिएको हो ।

घाइते दिलसराको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि सोमबार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट