२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली

२७ चैत्र २०८१, बुधबार १८:११

कोशी प्रदेश सरकारले आफ्नो महत्त्वाकाङ्क्षी योजनाका साथ अगाडि सारेको पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि बुधवार प्रधानमन्त्री केपी शर्मा ओली आउने भनी चौतर्फी निमन्त्रणा गरिएको थियो। तेह्रथुम र सङ्खुवासभाको संगमस्थल तीनजुरे मिल्के क्षेत्रमा आयोजना भएको उद्घाटन सत्रको लागि मङ्गलवार दिउँसो प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रधानमन्त्री आउने जानकारी गराएका थिए।

विराटनगरमा आयोजना गरिएको पर्यटन वर्ष समेत लक्षित प्रदेश समन्वय समितिको बैठकमा अध्यक्षता गरिरहेका कार्कीले भनेका थिए,‘भोलीबाट सुरु हुने कोशीको पर्यटन वर्ष २०८२ लाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले उद्घाटन गर्नुहुने छ । यस्तै विशिष्ट अतिथिका रूपमा उपप्रधानमन्त्री प्रकाशमान सिंह आउनुहुने छ।’तर प्रधानमन्त्री आउने भनी महिनौँ तयारी गरेको र निमन्त्रणामा समेत प्रधानमन्त्री आउने भनियो। तर आएनन्।

यद्यपि कोशी सरकारले आयोजना गरेको पर्यटन वर्ष २०८२ को उद्घाटन उप-प्रधान एवं शहरी विकाशमन्त्री प्रकाशमान सिंहले गरे।किन आएनन् प्रधानमन्त्री ? २४ घण्टा अगाडिसम्म प्रधानमन्त्री आउने दाबी गरेकाहरू अहिले कार्य व्यस्तताका कारण आउन नसकेको जवाफ दिन्छन्।उद्घाटन समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने, ‘प्रधानमन्त्रीज्यू कार्य व्यस्तताका कारण आउन सक्नुभएन।’खास गरी पर्यटन वर्षको उद्घाटन अपेक्षा गरिए अनुसारको हुने नभएपछि प्रधानमन्त्रीको आउने कार्यक्रम रद्द भएको हो।

पर्यटन वर्ष उद्घाटन गरिएको ठाउँ गुराँसको राजधानी तेह्रथुम हो। विगतका वर्षहरूलाई हेर्ने हो भने यो मौसममा गुराँसले जङ्गल ढकमक्क ढाक्नुपर्ने हो। तर, यो वर्ष पानी पर्न नसकेका कारण गुराँस फुल्न सकेको छैन। गुराँस फुलाउन केही दिन अघि त्यहाँ दमकल लगायत प्रयोग गरेर गुराँसका बोटहरूमा पानी हालिएको थियो।

प्रधानमन्त्री मात्रै नभएर पर्यटन वर्षको उद्घाटन समारोहमा छिमेकी मुलुक भारतका मुख्यमन्त्रीहरूलाई समेत निमन्त्रणा गरिएको भए पनि उनीहरू पनि आएनन्। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सल्लाहकार विवेक गौतम लेख्छन्, ‘कोशी भ्रमण वर्ष उद्घाटन गर्ने गुराँसको जङ्गल नजिकै कङ्क्रिटका संरचना छन्। जलवायु परिवर्तन र यसको असर गम्भीर बन्दै छ।’

कहाँ गए प्रधानमन्त्री ?

कोशी पर्यटन वर्षको उद्घाटन गर्न नआएर प्रधानमन्त्री ओली अर्घाखाँची पुगे। उनले अर्घाखाँचीको पाणिनी तपो भूमि सम्मेलनको उद्घाटन गरे। पर्यटन वर्षमा मुख्यतया: भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखिएको छ। १० करोडको सुनिश्चितताका साथ आयोजना गरिएको भ्रमण वर्षको उपलब्धि के त्यो चाहिँ हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली