२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल

२०८२, ७ जेष्ठ मंगलवार १६:४९

काठमाडौँ | कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङ्गले हिजो प्रस्तुत गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।

छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र¬) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गर्नुभयो । उहाँले आफूहरु प्रतिपक्षको भूमिकामा रहेपनि सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभयो ।

नेता आङ्बोले सरकारले नीति तथा कार्यक्रममा कुनै क्षेत्रलाई प्राथमिकतामा नराखेकाले सरकारले बनाउने बजेट वितरणमुखी हुने सम्भावना बढेको बताउनुभयो । उहाँले गरिबी निवारण, रोजगारी सिर्जना, बसाइँसराइका विषयमा राम्रो अवधारणा नआएको बताउनुभयो ।

कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, किशोरचन्द्र दुलाल र खिनु लङ्वा लिम्बूले नीति तथा कार्यक्रमको समर्थन गर्दै सरकार जनताप्रति उत्तरदायी रहेको, प्रदेशप्रति जनताको आस्था बढ्ने र नीति तथा कार्यक्रम सन्तुलित रहेकाले प्रदेशको उत्रति हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

छलफलमा भाग लिँदै गीता तिमिल्सिना र प्रेमराज थाम्साङले नीति तथा कार्यक्रमको आलोचनात्मक टिप्पणी गर्नुभयो ।

शून्य समय
बैठकको शून्य समयमा मुलुकको समसामयिक विषयमा सबीना बजगाँइ, गोपालबहादुर विश्वकर्मा, खगेश्वरी पौडेल, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, शीलादीक्षित कार्की, रमेशकुमार बस्नेत, शोभा चेम्जोङ र कमलप्रसाद जबेगुले बोल्नु भएको थियो ।

प्रदेशसभाको अर्को बैठक यही जेठ ७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर