१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

६९ वर्षीय देवरको हातबाट ६० वर्षीय भाउजूको हत्या

२४ असार २०८२, मंगलवार १२:०७

काठमाडौँ । मोरङमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

रतुवामाई नगरपालिका–६ का गणेशबहादुर बस्नेतकी पत्नी ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या आरोपमा ६९ वर्षीय टंकबहादुर बस्नेत पक्राउ परेका हुन् । प्रहरीका अनुसाार टंक र मृतक महिला देवर-भाउजु हुन् ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार आफ्नै बारीमा घाँस काट्न गएका बेला हत्या गरेर फालेको अवस्थामा २१ असारमा टीकामायाको शव फेला परेको थियो । शवको परीक्षण गर्दा मृतकको टाउको पछाडि घुच्चुकमा चोट देखिएको थियो ।

अनुसन्धानका क्रममा दाजु–भाइबीचको अंश विवादमा देवरले भाउजूको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

 

गणेश र उनका भाइ टंकबीच लामो समयदेखि अंश विवाद थियो । पुर्खौली सम्पत्ति भाइले एकलौटी बनाउन खोजेपछि दाजुभाइबीचको अंश विवाद अदालतसम्म पुगेको थियो । प्रहरीका अनुसार गणेश जेठी र टंक कान्छी आमाका छोरा हुन् ।

अंश विवादको रिसिबी साँधेर बसेका टंकले हँसियाको बिँडले प्रहार गरेर भाउजू टीकामायाको हत्या गरेको प्रहरीको दाबी छ । प्रहरीले टंकलाई सोमबार दिउँसो घरबाटै पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल