2026-09-11 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

६९ वर्षीय देवरको हातबाट ६० वर्षीय भाउजूको हत्या

काठमाडौँ । मोरङमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

रतुवामाई नगरपालिका–६ का गणेशबहादुर बस्नेतकी पत्नी ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या आरोपमा ६९ वर्षीय टंकबहादुर बस्नेत पक्राउ परेका हुन् । प्रहरीका अनुसाार टंक र मृतक महिला देवर-भाउजु हुन् ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार आफ्नै बारीमा घाँस काट्न गएका बेला हत्या गरेर फालेको अवस्थामा २१ असारमा टीकामायाको शव फेला परेको थियो । शवको परीक्षण गर्दा मृतकको टाउको पछाडि घुच्चुकमा चोट देखिएको थियो ।

अनुसन्धानका क्रममा दाजु–भाइबीचको अंश विवादमा देवरले भाउजूको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

 

गणेश र उनका भाइ टंकबीच लामो समयदेखि अंश विवाद थियो । पुर्खौली सम्पत्ति भाइले एकलौटी बनाउन खोजेपछि दाजुभाइबीचको अंश विवाद अदालतसम्म पुगेको थियो । प्रहरीका अनुसार गणेश जेठी र टंक कान्छी आमाका छोरा हुन् ।

अंश विवादको रिसिबी साँधेर बसेका टंकले हँसियाको बिँडले प्रहार गरेर भाउजू टीकामायाको हत्या गरेको प्रहरीको दाबी छ । प्रहरीले टंकलाई सोमबार दिउँसो घरबाटै पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस