२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

‘नैतिकता भए, सभापतिको पद छाड्दैमा राजनीति सकिँदैन’ -डा. कोइरालाको तीखो टिप्पणी

२० श्रावण २०८२, सोमबार ११:५८

काठमाडौँ | सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा भएको गडबडीका विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । आज (आइतबार) गुराँस पुस्तकालय विराटनगरको स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गदै यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

नेता कोइरालाले विधेयकमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले हस्ताक्षर गरेकाले विवाद आएपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्नेमा नदिएको बताए । कोइरालाले सभापति खतिवडा प्रति आक्रोशित हुँदै नैतिकता नहुनेले राजनीति नगर्दा हुने बताए ।

‘नैतिकता छैन भने राजनीति नगरे हुन्छ’ उनले भने ‘राज्य व्यवस्था समितिको सभापति छाड्दैमा राजनीति सकिँदैन ।’ डा. कोइरालाले कांग्रेस सरकारमा सहभागी भए पनि अहिलेको सरकार जबाफदेही, पारदर्शी र जनता प्रति उत्तरदायी नभएको आरोप लगाए ।

उनले यो सरकारले प्रेसलाई अंकुश लगाउन खोजिरहेको भन्दै प्रेसलाई अंकुश लगाउने विषय मान्य नहुुने बताए । डा. कोइरालाले सामाजिक सञ्जालमा लेख्दा समेत मुद्दा लाग्ने अवस्था रहेको बताए । उनले मुद्दा लगाउने, प्रहरी लगाएर पक्राउ गरेपछि बोल्नेहरूको बोली बन्द गर्न सकिन्छ भन्ने सरकारको सोचाई रहेको बताए ।

कोइरालाले विराटनगरलाई राजनीतिक आन्दोलनको स्थलका रुपमा स्थापित गर्न फेरि लाग्नु पर्ने अवस्था आएको बताए । उनले भ्रष्टाचार, दण्डहीनता, विरुद्ध आवाज उठाउन विराटनगरवासीलाई आग्रह गरे । कोइरालाले यति वेला प्रजातन्त्र धरापमा परेको, कांग्रेसको विचार र सिद्धान्त धरापमा परेको स्पष्ट पारे ।

संविधानमा भएको निर्वाचन पद्धतिका कारण कुनै पार्टीको पनि बहुमत नआउने अवस्था रहेको जसका कारण जहिलै पनि मिलीजुली सरकारमै जानुपर्ने बाध्यता रहेको कोइरालाले बताएका छन् । उनले सरकार बनाउने नाममा कांग्रेसले सबै कुरा छाड्दै गएको टिप्पणी गरे । उनले अहिले दलका नेताहरूमा सरकारमा जाने सोच मात्रै देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव