२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

‘नैतिकता भए, सभापतिको पद छाड्दैमा राजनीति सकिँदैन’ -डा. कोइरालाको तीखो टिप्पणी

२०८२, २० श्रावण सोमबार ११:५८

काठमाडौँ | सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा भएको गडबडीका विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । आज (आइतबार) गुराँस पुस्तकालय विराटनगरको स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गदै यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

नेता कोइरालाले विधेयकमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले हस्ताक्षर गरेकाले विवाद आएपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्नेमा नदिएको बताए । कोइरालाले सभापति खतिवडा प्रति आक्रोशित हुँदै नैतिकता नहुनेले राजनीति नगर्दा हुने बताए ।

‘नैतिकता छैन भने राजनीति नगरे हुन्छ’ उनले भने ‘राज्य व्यवस्था समितिको सभापति छाड्दैमा राजनीति सकिँदैन ।’ डा. कोइरालाले कांग्रेस सरकारमा सहभागी भए पनि अहिलेको सरकार जबाफदेही, पारदर्शी र जनता प्रति उत्तरदायी नभएको आरोप लगाए ।

उनले यो सरकारले प्रेसलाई अंकुश लगाउन खोजिरहेको भन्दै प्रेसलाई अंकुश लगाउने विषय मान्य नहुुने बताए । डा. कोइरालाले सामाजिक सञ्जालमा लेख्दा समेत मुद्दा लाग्ने अवस्था रहेको बताए । उनले मुद्दा लगाउने, प्रहरी लगाएर पक्राउ गरेपछि बोल्नेहरूको बोली बन्द गर्न सकिन्छ भन्ने सरकारको सोचाई रहेको बताए ।

कोइरालाले विराटनगरलाई राजनीतिक आन्दोलनको स्थलका रुपमा स्थापित गर्न फेरि लाग्नु पर्ने अवस्था आएको बताए । उनले भ्रष्टाचार, दण्डहीनता, विरुद्ध आवाज उठाउन विराटनगरवासीलाई आग्रह गरे । कोइरालाले यति वेला प्रजातन्त्र धरापमा परेको, कांग्रेसको विचार र सिद्धान्त धरापमा परेको स्पष्ट पारे ।

संविधानमा भएको निर्वाचन पद्धतिका कारण कुनै पार्टीको पनि बहुमत नआउने अवस्था रहेको जसका कारण जहिलै पनि मिलीजुली सरकारमै जानुपर्ने बाध्यता रहेको कोइरालाले बताएका छन् । उनले सरकार बनाउने नाममा कांग्रेसले सबै कुरा छाड्दै गएको टिप्पणी गरे । उनले अहिले दलका नेताहरूमा सरकारमा जाने सोच मात्रै देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश