३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला

६ जेष्ठ २०८२, सोमबार १३:३९

काठमाडौँ | मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला संस्कतिलाई चित्रमा उतार्नका लागि तीनदिने चित्रकला कार्यशाला सञ्चालन गरिएको हो ।

कार्यशालामा २० जना राष्ट्रिय चित्रकारको सहभागिता रहेको छ । कलाकारहरुले मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि ऐतिहासिक, प्राकृतिक, धार्मिक सांस्कृति तथा किरात सस्कृतिसँग जोडिएका विभिन्न मिथक, बिम्बहरुलाई चित्रमा उतार्ने चित्रकला विभागका प्रमख सञ्जय बान्तावाले जानकारी दिनुभयो ।

कलाको माध्यमबाट यहाँको रैथाने संस्कृतिलाई समेत उजागर गर्न टेवा पुग्ने उहाँको भनाइ छ । चखेवामा पहिलो पटक हुन लागेको चित्रकला कार्यशालाले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । “चित्रकलामार्पmत यहाँको प्राकृतिकसँगै धार्मिक सांस्कृतिलाई चित्रमा उतारिने छ”, प्रमुख बान्तावाले भन्नुभयो, “बीस जना कलाकारहरुले यहाँको यो पदमार्गसँगै यहाँका सबै क्षेत्रलाई चित्रमा समावेश गर्नु हुनेछ ।”

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै प्रवद्र्धन गर्ने लक्ष्यले राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । चित्रकला प्रदर्शनीमार्फत यहाँको प्राकृतिक धार्मिक, सांस्कृतिक रहनसहनलाई देशविदेशसम्म चिनाउन सहयोग पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।

गाउँपालिकाले मुन्दुम पदमार्गको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाइ छ । यो पदमार्गको विकासका लागि विभिन्न जिल्लाका सात स्थानीय तह साझा धारणा घोषणा गरेर प्रवद्र्धन तथा विकासमा जुटेको अध्यक्ष बस्नेतको भनाइ छ ।

“गाउँपालिकाले पर्यटन र कृषिलाई यहाँको मुख्य आधार बनाएर काम गरिरहेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “पर्यटनलाई कलासँग जोडेर प्रचारप्रसार गर्न चित्रकला कार्यशालाको आयोजना गरिएको हो, यसले पदमार्गको प्रवद्र्धनमा सहयोग पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”

यस वर्ष पनि नेपाल सरकार, गाउँपालिका र स्विस सरकारको लागत साझेदारीमा रु एक करोड ९० लाख लागतमा पदमार्गको संरक्षणसँगै विस्तारको काम भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । कार्याशाला गाउँपालिकाको आयोजना, पर्यटन बोर्डको प्रवद्र्धन तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ साइबर अपराध मुद्दामा दुई युट्युबर फरार तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्छ: अध्यक्ष लम्साल ‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’ ‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’ इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा ‘रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना देखिन्छ’ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाए नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक ‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल देश बनाउन दलका नेताहरुले कार्यशैली र सोंच परिवर्तन गर्न सक्नुपर्छ: थकाली रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने उच्चस्तरीय छानबिन समिति गठन गर्न माग फाइभजी विस्तारमा ८ अर्ब लगानी आवश्यक, तत्काल सम्भव छैन : एनसेल हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक ‘तथ्य र प्रमाणमा आधारित रहेर अपराध अनुसन्धान तथा अभियोजन गर्नुपर्नेमा जोड’