३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति

२९ बैशाख २०८२, सोमबार १५:३४

काठमाडौँ | झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

हावाहुरीले बाह्रदशी–७ का १५ घरपरिवारले लगाएको केराको बोट ढलेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज स्थलगत अनुमगन गरी क्षतिको विवरण सङ्कलन गरेको प्रवक्ता खड्काले बताउनुभयो ।

हावाहुरीले झापा मेचीनगर नगरपालिका–१५ गाइनाबारीस्थित मेचीनगर–१० धुलाबारीका कपिल क्षेत्रीलगायतले सामूहिक रुपमा सञ्चालन गरेको कामक्ष इण्डष्ट्रिज प्राइभेट लिमिटेड (प्लाई उद्योग) मा पानीसँगै आएको हावाहुरीले पिलिङ भवनको पश्चिम साइडको ट्रस, जस्ताले बनेको छाना उडाएको, सिसीटीभी क्यामेरा फुटाई करिब दुई लाख २० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै, वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका–८ का ५५ वर्षीय दुर्गा प्रसार्इंले सञ्चालन गरेको दुर्गा काटा गल्ला भण्डारमा (फापर, धान, मकै) स्टोर गरेको हलको ३५ वटा जस्तापाता पूर्ण रुपमा उडाएको र छानाको भागमा रहेको फलामको पाइपहरु समेत बाङ्गिएर क्षति भएको छ । उक्त स्टोर हलको भित्र रहेको ५५–६० बोरा फापर पानीले भिजेको छभने करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ ।

यसैगरी, झापा हल्दिबारी गाउँपालिका–४ बलटोलका ६९ वर्षीय सकलदीप साहको टिनको छाना बाँसको टाटीबेराले बनेको तीनकोठे कच्ची घर पानीसँगै आएको हावाहुरीले उडाएर पूर्ण रुपमा क्षति हुँदा करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ ।

हावाहुरीले दमक नगरपालिका–४ सङ्गम चोककी ३८ वर्षीया कमला अधिकारीको डेढ तले पक्की घरको माथिको तलाको सिँढी छोप्ने जस्ता उडाउँदा करिब ३० हजार बराबरको क्षति भएको छभने सोही स्थानका ५२ वर्षीय भीमप्रसाद सिग्देलको पक्की घरको माथिल्लो तलाको दुईवटा कोठाको जस्ता उडाउँदा करिब ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट