२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता

२०८२, ३१ असार मंगलवार १८:०२

काठमाडौँ  | जिल्लामा सुशासन, पारदर्शीता र जवाफदेहिताको अभिवृद्धि गर्न जिल्ला प्रशासन कार्यालय झापाले आज आयोजना गरेकोे सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सदरमुकाम चन्द्रगढीमा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका प्रमुख सेवा प्रदायक सरकारी कार्यालय प्रमुखहरूले जनताका गुनासा यथासक्य चाँडो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । कार्यक्रममा सहभागी स्थानीय नागरिक, सरोकारवाला र सेवाग्राहीले प्रशासनसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न गम्भीर समस्या र गुनासो प्रस्तुत गरेका छन् ।

सुनुवाइमा उठाइएका प्रमुख विषयमा लागुऔषध दुव्र्यसन तथा कारोबार, विर्तामोड–चन्द्रगढी सडक निर्माणमा भइरहेको ढिलाइ, मालपोत तथा नापी कार्यालयमा विचौलियाको बिगबिगी र कर्मचारीको भ्रष्ट्र मनोवृत्ति, गर्मी बढेपछि नियमित विद्युत् आपूर्तिमा अवरोध, चन्द्रगढी बजार क्षेत्रमा पार्किङ अव्यवस्था र किसानलाई मल, बीउ र उत्पादनको उचित मूल्य नपाउनुलगायत विषय रहेका थिए ।

सुनुवाइका क्रममा उठेका सवालमा सम्बन्धित निकायका प्रमुखहरूले प्रत्यक्ष जवाफ दिएका थिए । उनीहरूले जनगुनासो गम्भीर भएको स्वीकार गर्दै आवश्यक सुधारका प्रतिबद्धता जनाएका छन ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सेवा प्रवाहमा उत्तरदायी र पारदर्शीता कायम गर्न यस्तो सुनुवाइ कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले नागरिकबाट उठेका सवालका आधारमा समस्याको समाधान खोजिने र जिल्लाका सबै सरकारी निकायलाई जवाफदेही बनाउने दिशामा प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा नागरिक समाज, व्यवसायी, स्थानीय जनता, पत्रकार र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर