२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अपाङ्ग र ज्येष्ठ नागरिकलाई गाउँमै राष्ट्रिय परिचयपत्र

२१ बैशाख २०८२, आईतवार १२:०२

काठमाडौँ | केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन् । राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीनदिने शिविरमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक गरी एक सय २४ जनाले सेवा लिएका हुन् ।

अशक्त अवस्थाका सबै लाभग्राहीलाई समेट्नेगरी गाउँपालिकाले निर्धारण गरेको फरक–फरक तीनवटा केन्द्रमा एक / एक दिन राष्ट्रिय परिचयपत्र बनाउने शिविर सञ्चालन गरिएको थियो । गाउँपालिकाको पहलमा पहिलोपटक आफ्नै गाउँमा आयोजित शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाउन पाएपछि सेवाग्राही हर्षित बनेका छन् ।

सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नीति सरकारले लागू गरेपछि जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा गाउँपालिकाको तर्फबाट राष्ट्रिय परिचयपत्र बनाउन तीन दिन शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभयो । “हाम्रो गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही एक हजार ८७२ जना छन् । यसमध्ये धेरैले आफ्नै पहलमा राष्ट्रिय परिचयपत्र बनाइसकेका थिए”, उहाँले भन्नुभयो, “सदरमुकाम दिक्तेल पुग्न नसकेका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक छुटेका थिए । उनीहरूलाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले गाउँपालिकाको तर्फबाट तीनदिने शिविर आयोजना गरिएको हो ।”

यही वैशाख १८ गते बाक्सिला, सप्तेश्वर र बास्पानीका लाभग्राहीलाई लक्षित गरेर बाक्सिला वडा कार्यालयमा आयोजना गरिएको शिविरमा ४८ जनाले सेवा लिएका छन् । शिविरको पहिलो दिन वडा नं ३ बास्पानीका १४, वडा नं ४ बाक्सिलाका २० र वडा नं ५ सप्तेश्वरका १४ जनाले सेवा लिएका हुन् ।

वैशाख १९ गते फेदी र खार्ताम्छाका लाभग्राहीका लागि वडा कार्यालय खार्ताम्छामा आयोजित शिविरमा २१ जनाले सेवा लिएका छन् । वडा नं १ फेदीका नौ र वडा नं २ खार्ताम्छाका ११ जनाले सेवा लिएका हुन् । वैशाख २० गते दिप्सुङ र सुङ्देलका लाभग्राहीका लागि वडा कार्यालय सुङ्देलमा आयोजित शिविरमा सबैभन्दा बढी ५६ जनाले सेवा लिएका छन् । वडा नं ६ दिप्सुङका १२ र वडा नं ७ सुङ्देलका ४४ सेवा लिएका हुन् । राष्ट्रिय परिचयपत्र बनाउन शिविर सञ्चालनका लागि डिभाइसजडित उपकरणसहित जिल्ला प्रशासन कार्यालयको पञ्जीकरण शाखा प्रमुख फनिन्द्र राई नेतृत्वको टोली केपिलासगढी पुगेका थिए । जिल्ला प्रशासन कार्यालयबाट शिविरमा खटिएका टोलीलाई गाउँपालिकाले खाना, खाजा तथा आवश्यक कर्मचारीको व्यवस्था मिलाएको थियो ।

शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख समिर राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । यसपटक आयोजना गरिएको शिविरमा छुटेका लाभग्राही तथा अन्य नागरिकका लागि आगामी साउनमा दोस्रो चरणको शिविर सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव