२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अपाङ्ग र ज्येष्ठ नागरिकलाई गाउँमै राष्ट्रिय परिचयपत्र

२०८२, २१ बैशाख आईतवार १२:०२

काठमाडौँ | केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन् । राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीनदिने शिविरमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक गरी एक सय २४ जनाले सेवा लिएका हुन् ।

अशक्त अवस्थाका सबै लाभग्राहीलाई समेट्नेगरी गाउँपालिकाले निर्धारण गरेको फरक–फरक तीनवटा केन्द्रमा एक / एक दिन राष्ट्रिय परिचयपत्र बनाउने शिविर सञ्चालन गरिएको थियो । गाउँपालिकाको पहलमा पहिलोपटक आफ्नै गाउँमा आयोजित शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाउन पाएपछि सेवाग्राही हर्षित बनेका छन् ।

सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नीति सरकारले लागू गरेपछि जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा गाउँपालिकाको तर्फबाट राष्ट्रिय परिचयपत्र बनाउन तीन दिन शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभयो । “हाम्रो गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही एक हजार ८७२ जना छन् । यसमध्ये धेरैले आफ्नै पहलमा राष्ट्रिय परिचयपत्र बनाइसकेका थिए”, उहाँले भन्नुभयो, “सदरमुकाम दिक्तेल पुग्न नसकेका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक छुटेका थिए । उनीहरूलाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले गाउँपालिकाको तर्फबाट तीनदिने शिविर आयोजना गरिएको हो ।”

यही वैशाख १८ गते बाक्सिला, सप्तेश्वर र बास्पानीका लाभग्राहीलाई लक्षित गरेर बाक्सिला वडा कार्यालयमा आयोजना गरिएको शिविरमा ४८ जनाले सेवा लिएका छन् । शिविरको पहिलो दिन वडा नं ३ बास्पानीका १४, वडा नं ४ बाक्सिलाका २० र वडा नं ५ सप्तेश्वरका १४ जनाले सेवा लिएका हुन् ।

वैशाख १९ गते फेदी र खार्ताम्छाका लाभग्राहीका लागि वडा कार्यालय खार्ताम्छामा आयोजित शिविरमा २१ जनाले सेवा लिएका छन् । वडा नं १ फेदीका नौ र वडा नं २ खार्ताम्छाका ११ जनाले सेवा लिएका हुन् । वैशाख २० गते दिप्सुङ र सुङ्देलका लाभग्राहीका लागि वडा कार्यालय सुङ्देलमा आयोजित शिविरमा सबैभन्दा बढी ५६ जनाले सेवा लिएका छन् । वडा नं ६ दिप्सुङका १२ र वडा नं ७ सुङ्देलका ४४ सेवा लिएका हुन् । राष्ट्रिय परिचयपत्र बनाउन शिविर सञ्चालनका लागि डिभाइसजडित उपकरणसहित जिल्ला प्रशासन कार्यालयको पञ्जीकरण शाखा प्रमुख फनिन्द्र राई नेतृत्वको टोली केपिलासगढी पुगेका थिए । जिल्ला प्रशासन कार्यालयबाट शिविरमा खटिएका टोलीलाई गाउँपालिकाले खाना, खाजा तथा आवश्यक कर्मचारीको व्यवस्था मिलाएको थियो ।

शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख समिर राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । यसपटक आयोजना गरिएको शिविरमा छुटेका लाभग्राही तथा अन्य नागरिकका लागि आगामी साउनमा दोस्रो चरणको शिविर सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश