४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिकार गर्न हिँडेका भरुवा बन्दुकसहित २ जना पक्राउ, १ जना फरार

२५ चैत्र २०८१, सोमबार १३:१२

मोरङको केराबारीमा वन्यजन्तुको सिकार गर्न हिँडेका २ जनालाई प्रहरीले अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाहरु वन्यजन्तुको अवैध चोरीसिकारीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिकारी समूहका १ जना फरार भएका छन् ।

पक्राउ परेकाको साथबाट लोड गरिएको ३ नाल भरुवा बन्दुक बरामद भएको जानकारी जोशीले दिए । उनका अनुसार केराबारी गाउँपालिका–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्कीलाई पक्राउ गरिएको हो । याक्खा र कार्कीको समूहमा रहेका केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू फरार भएका छन् । प्रहरीलाई देख्नसाथ बन्दुक फालेर फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले केराबारी–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएकालाई आइतबार साँझ ६:५० बजेतिर पक्राउ गरेको जोशीले बताए ।

पक्राउ परेकाको साथबाट बरामद गरिएका भरुवा बन्दुक लोड गरिएको अवस्थामा रहेको उनको भनाइ छ । बन्दुकसहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

पछिल्लो समय उत्तरी मोरङका वनमा जंगली जनावरको चोरीसिकारी बढेको जनगुनासो प्रहरीमा पुग्ने गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले चोरी सिकारी नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको जानकारी दिए । ‘वन्यजन्तुको सिकार गर्नु गैरकानुनी हो । चोरीसिकारी नियन्त्रणका लागि सक्रियता बढाइएको छ,’ उनले भने, ‘चोरीसिकारी समूहका बारेमा जानकारी दिएर सबैले प्रहरीलाई सहयोग गर्नुपर्छ । अनि मात्रै वन्यजन्तुको चोरीसिकारी नियन्त्रण सहज हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा