२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिकार गर्न हिँडेका भरुवा बन्दुकसहित २ जना पक्राउ, १ जना फरार

२०८१, २५ चैत्र सोमबार १३:१२

मोरङको केराबारीमा वन्यजन्तुको सिकार गर्न हिँडेका २ जनालाई प्रहरीले अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाहरु वन्यजन्तुको अवैध चोरीसिकारीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिकारी समूहका १ जना फरार भएका छन् ।

पक्राउ परेकाको साथबाट लोड गरिएको ३ नाल भरुवा बन्दुक बरामद भएको जानकारी जोशीले दिए । उनका अनुसार केराबारी गाउँपालिका–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्कीलाई पक्राउ गरिएको हो । याक्खा र कार्कीको समूहमा रहेका केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू फरार भएका छन् । प्रहरीलाई देख्नसाथ बन्दुक फालेर फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले केराबारी–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएकालाई आइतबार साँझ ६:५० बजेतिर पक्राउ गरेको जोशीले बताए ।

पक्राउ परेकाको साथबाट बरामद गरिएका भरुवा बन्दुक लोड गरिएको अवस्थामा रहेको उनको भनाइ छ । बन्दुकसहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

पछिल्लो समय उत्तरी मोरङका वनमा जंगली जनावरको चोरीसिकारी बढेको जनगुनासो प्रहरीमा पुग्ने गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले चोरी सिकारी नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको जानकारी दिए । ‘वन्यजन्तुको सिकार गर्नु गैरकानुनी हो । चोरीसिकारी नियन्त्रणका लागि सक्रियता बढाइएको छ,’ उनले भने, ‘चोरीसिकारी समूहका बारेमा जानकारी दिएर सबैले प्रहरीलाई सहयोग गर्नुपर्छ । अनि मात्रै वन्यजन्तुको चोरीसिकारी नियन्त्रण सहज हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश