४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी

२४ जेष्ठ २०८२, शुक्रबार १७:३८

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्त्वपूर्ण आयाम स्थानीय तह भएको बताउनुभएको छ ।

विराटनगर महानगरपालिकाद्वारा आयोजित स्थानीय तहका उपप्रमुखहरूको दुईदिने राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले नेपालको संविधानले सङ्घीय शासन प्रणालीमार्फत स्थानीय तह अर्थात् स्थानीय सरकारलाई अधिकारसम्पन्न र जनताप्रति उत्तरदायी बनाएको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “स्थानीय तहमा महिला नेतृत्वले प्राप्त गरेको भूमिकाले समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ एवं सशक्त बनाइरहेको छ ।”

संविधानले स्थानीय पूर्वाधार निर्माण, विद्यालयको व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, वातावरण तथा जैविक विविधताको संरक्षण, कृषि प्रवर्द्धन, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइलगायत विषयमा स्थानीय सरकारलाई अग्रणी भूमिका प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीमात्र नभई अब एउटा जीवन पद्दतिका रूपमा विकसित भएको छ । गणतन्त्रको जगमा हामीले विकास निर्माणलाई तीव्रता दिएर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनु लाग्नुपर्छ ।”

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा सुशासन र पारदर्शिता आमचासोको विषय बनिरहेको सन्दर्भमा स्थानीय तहका जनप्रतिनिधिसहित सम्बद्ध सबैले यसमा ध्यान पुर्याउनु आजको आवश्यकता भएको चर्चा गर्नुभयो ।

उहाँले संवैधानिक व्यवस्थाले महिलाको प्रतिनिधित्वमात्र सुनिश्चित गरेको नभइ नेतृत्वदायी भूमिकामा सहभागिता बढाएर विकास निर्माणका सारथी महिला पुरुष दुवै हुन् भन्ने मान्यतालाई पनि स्थापित गरेको उल्लेख गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी विकास निर्माणको प्रक्रियालाई तीव्रता दिनु आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले मानवीय विकास, आर्थिक चलायमानमा प्रदेश सरकारको मुख्य जोड रहेको धारणा राख्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीलगायतले स्थानीय तहमा विभिन्न दलहरूबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले जनताको काममा एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । सम्मेलनमा २९१ स्थानीय तहका उपप्रमुखहरुको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण