२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने

२२ बैशाख २०८२, सोमबार ११:३६

काठमाडौँ | यहाँको मोलुङ करिडोर सडक निर्माणमा हरिबोले भीरको चट्टान फोर्न केमीकलको प्रयोग गरिने भएको छ । लामो समयसम्म चट्टान फोर्न नसकेपछि, केमीकलको प्रयोग गर्नुपर्ने अवस्था भएको हो ।

सुनकोशी गाउँपालिका–६ काउसेदेखि वडा नं ८ भाल्दीप आँपस्वारासम्म तीन किलोमिटर नयाँ ट्रयाक निर्माण गर्नुपर्नेमा, हरिबोले भीरमा २०० मिटर चट्टान फोर्न नसक्दा सडक ट्रयाक खुल्न सकेको छैन । उक्त चट्टानलाई लामो समयसम्म ब्रेकर लगाउँदा पनि कटान गर्न नसकेकाले केमीकल प्रयोग गरी चट्टान फोर्ने तयारी गरिएको हो । कम्प्रेसर मेसिन ल्याइसकेकाले चट्टानलाई ड्रिल गरी केमीकल प्रयोग गरिने निर्माण कम्पनी महालक्ष्मी भुजेल जेभी निर्माण सेवाका प्रोपाइटर तेजबहादुर भुजेलले जानकारी दिनुभयो ।

यसरी प्रयोग गरिन्छ केमीकल

ढुङ्गालाई कम्प्रेसर मेसिनले ड्रिल गरेर पाँचदेखि आठ फुटसम्मको प्वाल बनाइन्छ । ती प्वालमा साढे दुई लिटर र आठ फिटको प्वालमा साढे तीन लिटर केमिकल राखिन्छ । उक्त प्वालमा १२ घण्टादेखि ७२ घण्टासम्म केमीकल राखिन्छ । केमीकलले ढुङ्गालाई गलाएर चर्काउँछ र ढुङ्गा टुक्रिन्छ । चट्टानलाई कति गहिराईसम्म चर्काउने हो सोहीअनुसार प्वाल बनाउने गरिन्छ । प्वालमा नापअनुसारको केमिकल राखेर कम्तीमा १२ देखि बढीमा ७२ घण्टासम्म राख्नुपर्ने ब्लास्टर रामप्रसाद पन्थीले जानकारी दिनुभयो । सडक निर्माणमा यो प्रविधि जिल्लामै पहिलो पटक प्रयोग गर्न लागिएको हो । केमिकलबाट पनि चट्टान फुटाउन नसकेको खण्डमा ब्लास्टिङको प्रयोग गरिने प्रोपाइटर भुजेलले बताउनुभयो । सडक निर्माण सम्झौतामा ‘ब्लास्टिङ आइटम’ नभएकाले केमिकल प्रयोग गर्न लागिएको उहाँको भनाइ छ ।

हर्कपुरदेखि करिब चार किलोमिटर मोलुङ दोभानसम्म कालोपत्र गर्ने र मोलुङ दोभानदेखि साढे दुई किलोमिटरसम्म कटिङ गर्न महालक्ष्मी भुजेल जेभी निर्माण सेवाले सम्झौता गरेको थियो । मिति २०७९ साल माघ २३ गते सम्झौता भई आगामी माघको २३ गते सम्पन्न गर्ने गरी रु २५ करोड लागतमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय हर्कपुरका इन्जिनियर दिपककुमार दासले जानकारी दिनुभयो । हरिबोले भीरको चट्टान ट्रयाक जोडिएपछि ओखलढुङ्गा सदरमुकामदेखि उदयपुरको घुर्मी जोडिने छोटो दुरीको सडक खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…