२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हर्क साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

१० बैशाख २०८२, बुधबार १४:२६

काठमाडौँ | सडक र ड्रेन बनाउने विवाद मिलाउन धरान ११ पुगेका नगर प्रमुख हर्क साम्पाङको अगुवाइमा आक्रमणमा परेका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका छन् । नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागोकै अगाडि सोमबार कुटिएका लिम्बूले मेयर साम्पाङसहित तीन जनाविरुद्ध उजुरी दिएका हुन् ।

धरान–११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष समेत रहेका लिम्बूले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो र धरान ११ का चङ्खे भन्ने जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको कसुरमा उजुरी दिएका हुन् । नगरकोट–बानडाँडा बाटो स्तरोन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेकोमा मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद मिलाउन नगर प्रमुख साम्पाङ सोमबार आउने भनेका थिए । उनी सोमबार नआई मङ्गलवार निर्माणस्थल पुगेका थिए । विवाद मिलाउनुको साटो उनले उल्टै विवाद निकालेको पीडित लिम्बूले बताउँदै आएका छन् । ‘मेयरकै अघि उनका समर्थकले ममाथि हातपात प्रयास गरे, त्यसैले कानुनी उपचार खोजेको हुँ’ लिम्बूले भने ।

प्रमुख हर्क साम्पाङ र सन्तोष लिम्बूबिच सोमबार भनाभन भएको थियो । त्यसबेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए । साम्पाङले झोक्किएर तपाईँले के गर्नुहुन्छ रु भन्दै आक्रोश देखाएपछि उनका समर्थक चङ्खे भन्ने जोन लिम्बूले उनीमाथि आक्रमण गरेका हुन् । साम्पाङले आफ्ना समर्थक लिम्बूमाथि जाइलाग्दा मौन बसेका थिए । धरान–११ नगरकोट टोल विकास संस्थाका अध्यक्ष लिम्बू माओवादीका कार्यकर्ता हुन् । इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएको बताउँदै उनले दोषीमाथि कारबाहीको माग गरेका छन् । लिम्बूकै पहलमा वडामा सो बजेट गएको थियो । ड्रेन कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार कार्यालयले ठेक्का लगाएर निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ