२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हर्क साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

२०८२, १० बैशाख बुधबार १४:२६

काठमाडौँ | सडक र ड्रेन बनाउने विवाद मिलाउन धरान ११ पुगेका नगर प्रमुख हर्क साम्पाङको अगुवाइमा आक्रमणमा परेका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका छन् । नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागोकै अगाडि सोमबार कुटिएका लिम्बूले मेयर साम्पाङसहित तीन जनाविरुद्ध उजुरी दिएका हुन् ।

धरान–११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष समेत रहेका लिम्बूले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो र धरान ११ का चङ्खे भन्ने जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको कसुरमा उजुरी दिएका हुन् । नगरकोट–बानडाँडा बाटो स्तरोन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेकोमा मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद मिलाउन नगर प्रमुख साम्पाङ सोमबार आउने भनेका थिए । उनी सोमबार नआई मङ्गलवार निर्माणस्थल पुगेका थिए । विवाद मिलाउनुको साटो उनले उल्टै विवाद निकालेको पीडित लिम्बूले बताउँदै आएका छन् । ‘मेयरकै अघि उनका समर्थकले ममाथि हातपात प्रयास गरे, त्यसैले कानुनी उपचार खोजेको हुँ’ लिम्बूले भने ।

प्रमुख हर्क साम्पाङ र सन्तोष लिम्बूबिच सोमबार भनाभन भएको थियो । त्यसबेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए । साम्पाङले झोक्किएर तपाईँले के गर्नुहुन्छ रु भन्दै आक्रोश देखाएपछि उनका समर्थक चङ्खे भन्ने जोन लिम्बूले उनीमाथि आक्रमण गरेका हुन् । साम्पाङले आफ्ना समर्थक लिम्बूमाथि जाइलाग्दा मौन बसेका थिए । धरान–११ नगरकोट टोल विकास संस्थाका अध्यक्ष लिम्बू माओवादीका कार्यकर्ता हुन् । इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएको बताउँदै उनले दोषीमाथि कारबाहीको माग गरेका छन् । लिम्बूकै पहलमा वडामा सो बजेट गएको थियो । ड्रेन कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार कार्यालयले ठेक्का लगाएर निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश