४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सप्तकोसीमा डल्फिनको सङ्ख्यामा वृद्धि

२३ जेष्ठ २०८२, बिहीबार १३:२७

काठमाडौँ | कोशी टप्पुवन्यजन्तु आरक्षले सप्तकोसीमा डल्फिनको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । आज वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आरक्षले चार दिनसम्म गरिएको गणनाको परिणाम सार्वजनिक गरेको छ । यस वर्षको गणनामा अघिल्लो वर्षको तुलनामा तीन वटा थप डल्फिनको सङ्ख्या बढेको पाइएको हो ।

आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार हालको गणनामा १५ वयस्क, पाँच अर्धवयस्क र दुई बच्चा डल्फिन गरी जम्मा २२ वटा डल्फिन रेकर्ड गरिएको छ । उहाँले भन्नुभयो, “यो तथ्याङ्क सप्तकोशीका लागी सकारात्मक र परिवर्तनको एक सङ्केत हो, यसलाई संरक्षण र प्रचार गर्न आवश्यक छ ।”

यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षले प्रत्येक वर्ष नियमित रूपमा डल्फिनको गणना गरेर संरक्षणका लागि आवश्यक कदम उठाउँदै आएको छ । यहाँ गङ्गेटिक प्रजातिको डल्फिन पाइन्छ । जुन दुर्लभ मानिन्छ । संरक्षण अधिकृत यादवले भन्नुभयो, “डल्फिन सफा र गहिरो पानीमा बाँच्न मन पराउँछ, जसले यहाँको जलस्वस्थ्य र गुणस्तर रहेको सन्देश पनि दिएको छ ।”

गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र, श्री भिमकाली गुल्म तथा हिमाली प्रकृति संस्था लगायतले प्राविधिक सहयोग प्रदान गरेका थिए । सन् २०१२ मा ११ र २०१७ मा १७ वटा डल्फिन देखिएका थिए । त्यसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको थियो । त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षले २०२२ मा १७ डल्फिन तथा २०२३ र २०२४ मा समानरूपमा १९ डल्फिनको गणना गरेको थियो । आरक्षले डल्फिनकोे संरक्षण र यसको प्राकृतिक आवासको रक्षा गर्न निरन्तर प्रयास गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल