2026-10-03 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

2025-07-10
काठमाडौँ । मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ बमोजिम जिल्लामा ६६ हजार तीन सय ५० जना प्रभावित हुने अनुमान गरिएको हो ।
यस वर्षको मनसुनबाट प्रभावित हुने जनसङ्ख्या मुलुकभर १२ लाख ५० हजार अनुमान गरिएकामध्ये गण्डकी प्रदेशमा ६५ हजार छ सय ९९ परिवारका दुई लाख ८७ हजार एक सय प्रभावित हुने आँकलन गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
मनसुनजन्य जोखिमको हिसाबले गण्डकी प्रदेशमा तनहुँलाई पहिलो जोखिमयुक्त जिल्लाका रूपमा राखिएको उहाँको भनाइ छ ।
मनसुनजन्य विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न जिल्लाको प्रतिकार्य क्षमताको वृद्धि गरी प्रभावितहरूको आपतकालीन आवश्यकतालाई समयमा प्रभावकारी र समन्वयात्मक ढङ्गबाट पूरा गर्न प्रतिकार्य योजना बनाइएको अधिकारीले उल्लेख गर्नुभयो ।
प्रतिकार्य योजनामा जिल्लाभित्रमा विगतमा घटेका मनसुनजन्य विपद्का घटना तथा सोबाट भएका क्षति विश्लेषण गरी प्राथमिकता निर्धारण गरिएको छ । विपद्मा खोज तथा उद्धारका लागि तत्काल परिचालित हुनु र प्रतिकार्यमा हुने ढिलाइ तथा अन्योलता हटाउन जिम्मेवार तथा सहयोगी निकायको स्पष्ट जिम्मेवारी तोकी प्रभावकारी समन्वय तथा सञ्चार कायम गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार जोखिमको प्राथमिकताका आधारमा व्यास नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, भानु नगरपालिकामा बाढी पहिलो र पहिरो दोस्रो, भिमाद नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, शुक्लागण्डकी नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो निर्धारण गरिएको छ ।
देवघाट गाउँपालिकामा बाढी पहिलो र पहिरो दोस्रो, बन्दीपुर गाउँपालिकामा पहिरो पहिलो र आगलागी दोस्रो, घिरिङ गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, ऋषिङ गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, आँबुखैरेनी गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो र म्याग्दे गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो निर्धारण गरिएको छ ।
चालु आर्थिक वर्षमा मनसुनजन्य विपद्का घटनाहरूका आधारमा जिल्लामा जोखिमको प्राथमिकतामा पहिरो, बाढी, आगलागी, महामारी, चट्याङ, हावाहुरी र सुक्खा खडेरी रहेका प्रजिअ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनजन्य विपद्का घटनामा उद्धार तथा राहतमा प्रयोग गर्न खुला स्थान र आश्रयस्थल तयारी अवस्थामा छन् ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने