2026-08-06 03:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्थानीय जातको बीउ संरक्षण गर्दै सहकारी संस्था

काठमाडौँ । राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्थाले स्थानीय रैथाने (परम्परागत) जातको खाद्य बालीको बीउ संरक्षण गर्दै आएको छ ।

एक दशकदेखि किसानलाई आवश्यक पर्ने स्थानीय परम्परागत जातको धान, मकै, गहुँ, मसुरो र तोरीको बीउ उत्पादन गरी किसानलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले जानकारी दिनुभयो ।

“हामीले १० वर्षदेखि जिल्लामा उत्पादन हुने खाद्यबालीको बीउ उत्पादन गरी वितरण गर्दै आएपछि किसानलाई बीउ जोगाएर राख्नुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो, “हामीले कृषि अनुसन्धान केन्द्र खजुराबाट सिफारिस स्थानीय परम्परागत जातको गुणस्तरीय बीउ उत्पादन गरी वितरण गर्न थालेपछि किसानलाई ठूलो राहत भएको छ ।”

सहकारीले यतिबेला स्थानीय रैथाने जातको धानको बीउ धमाधम बिक्री गर्दै आएको छ । सहकारीले यो वर्ष किसानलाई राधा–४ र रामधान नाम गरेको स्थानीय रैथाने जातको धान बिक्री गरिरहेको छ । साकार कृषि सहकारी संस्थाका आठ हजार बढी सेयर सदस्य छन् ।

हालसम्म राप्ती सोनारी गाउँपालिकालाई चार सय ४७ क्विन्टल, बैजनाथ गाउँपालिकालाई एक सय ५० क्विन्टल र फुटकर रूपमा किसान तथा एग्रोभेट व्यवसायीलाई धानको बीउ बिक्री वितरण गरिरहेको मुख्य व्यवस्थापक वलीको भनाइ छ ।

उहाँका अनुसार यस वर्ष साकार कृषि सहकारीले ११ सय क्विन्टल धानको बीउ बिक्री वितरण गर्ने लक्ष्य लिएको छ । गत वर्ष एक हजार पाँच सय क्विन्टल धानको बीउ बिक्री गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष धानको बीउ केही कम उत्पादन भएको छ ।

साकार कृषि सहकारीले धानसँगै किसानलाई आवश्यक पर्ने स्थानीय रैथाने जातको मकै, गहुँ, मसुरो र तोरीको बीउ पनि उत्पादन गरेर किसानलाई बिक्री गर्दै आएको संस्थाका अध्यक्ष हुमाशङ्कर वलीले बताउनुभयो ।

“किसानलाई आवश्यक पर्ने सबै बालीको गुणस्तरीय बीउ उत्पादन गरेर किसानलाई बिक्री गर्ने र किसानको उत्पादन खरिद गरेर बजारीकरणसमेत गर्ने गरेका छौँ”, अध्यक्ष वलीले भन्नुभयो, “किसानलाई सहज र सुलभ तरिकाले बीउ बिक्री गर्नुका साथै स्थानीय रैथाने जातको बीउको संरक्षण गर्ने पनि हाम्रो उद्देश्य छ ।”

संस्थाको राप्ती सोनारी–५ बिनौनामा रहेको गोदामघरमा बीउ उत्पादन र भण्डारण हुँदै आएको छ । गोदामघर साँघुरो भएकाले आधुनिक गोदामघर निर्माणका लागि गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोगको लागि आग्रह गरिएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

“स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय किसानलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ’, सहकारीका व्यवस्थापक भरत केसीले भन्नुभयो, “किसानले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन् ।”

उहाँका अनुसार, स्थानीय जातको धान रोग कीरा प्रतिरोधी, सुक्खा सहन सक्ने र डुबान भएमा समेत थोरै मात्र नोक्सानी हुने भएकाले धेरै टाढाबाट पनि यही जातका धानको बीउको खोजी गर्न किसान यहाँ आउने गरेका छन् । सहकारीले लागत खर्च कटाएर सहुलियतमा धानको बीउ उपलब्ध गराउँदै आएको छ ।

बीउ संरक्षणको कार्य हुँदै आएकाले लोप हुँदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको स्थानीय किसान अशोक चौधरीले बताउनुभयो । सहकारीले बीउ उत्पादन गरी सरल र सुलभ तरिकाले बिक्री गर्न थाले पनि किसानलाई बीउ जोगाएर राख्नुपर्ने बाध्यता अहिले हटेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक