४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु

१० जेष्ठ २०८२, शुक्रबार १३:०१

काठमाडौँ | मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु भएको छ। शुक्रबार जनकपुरधामस्थित मिथिला यात्री निवासमा चार सुरक्षा निकायको बैठक सुरु भएको हो।

गृहमन्त्री रमेश लेखकको आतिथ्यमा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्रालयले आयोजना गरेको बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मलकुमार थापा, मध्य पूर्वी पृतना हेडक्वार्टरका पृतनापती कृष्णबहादुर जिसी, एनडिआरआरएमएका प्रमुख दिनेश भट्ट, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रदेशका डिआइजी, ८ वटै जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको छ।

उद्घाटन सत्रमा गृहमन्त्री लेखकले अपराध नियन्त्रण गर्न सुरक्षा निकाय अधिकारीलाई निर्देशन दिएका छन्। सबै प्रदेशमा भइरहेको सुरक्षा बैठक सार्थक हुनुपर्ने उनले बताए। ‘छलफल मात्रै गरेर हुन्न उपयोगिता पनि देखिनुपर्छ,’ उनले भने, ‘अपराध नियन्त्रण गर्न सुरक्षा निकायले थप मेहेनत गर्नु पर्ने देखिन्छ।’ मधेशमा ड्रग्सको नियन्त्रण, सडक दुर्घटना, आत्महत्या, साइबर क्राइम मुख्य समस्याको रूपमा देखिएको उनले बताए। ‘चोरी निकासी पनि धेरै मात्रामा भइरहेको छ। राजस्व घटिरहेको छ,’ उनले भने,’ यसको नियन्त्रण गर्न पनि मेहेनत गर्न लग्नुहोला।’

मधेश प्रदेशको मुख्यमन्त्री सतीशकुमार सिंहले उद्दघाटन सत्रमा आफ्नो धारणा राख्दै प्रहरी समायोजन अगाडि बढाउन आग्रह गरे। ‘प्रहरीबिना काम गर्न अति नै कठिनाइ भएको छ,’ उनले भने, ‘हामीले अस्पताल अनुगमनको सुरुवातमा प्रहरीको साथ पाएर अवैध रूपमा संचालित अस्पतालहरू बन्द गराएका थियौँ। तर प्रदेश सरकारको प्रहरी नहुँदा अहिले पुनः ती अस्पतालहरू सुचारु भएको छ।’

‘सुरक्षा निकायहरूको बस्ने आवासको अवस्था पनि बिजोग रहेको छ। त्यस्ता प्रहरी चौकी निर्माणमा संघीय सरकारले ध्यान दिएको छैन,’ उनले थपे, ‘मधेश प्रदेश सरकारको स्रोतसाधनले सम्भव छैन।’ भारतबाट आयात भइरहेको विषादी सामग्रीहरू रोक्न प्रहरीलाई ध्यानाकर्षण गराए। कुखुरा, अण्डा र माछामा आत्मनिर्भर भए पनि भारतबाट विषादीसहितको सामान प्रहरीकै मिलोमतोमा आउने गरेको उनले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता