2026-08-06 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

ट्राफिक जनचेतना जगाउँदै ट्राफिक सप्ताह

काठमाडौँ । पर्सामा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह मनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यही जेठ २२ गतेदेखि आजसम्म ट्राफिक सप्ताह मनाएको हो ।
कार्यालयले चोक–चोकमा र विद्यालय–विद्यालयमा पुगेर सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको छ । ट्राफिक सप्ताहको समापनमा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले ट्राफिक जनचेतनामूलक कार्यक्रम एकदिन मात्रै नभएर ३६५ दिन आवश्यक रहेको बताउनुभयो । “ट्राफिक नियम पालना गराउने जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै होइन”, उहाँले भन्नुभयो, “ट्राफिक नियमको पालना सामूहिक रुपमा गरेर अघि बढेको खण्डमा प्रभावकारी हुन्छ ।”
नगरप्रमुख सिंहले एक अर्काे निकायलाई दोषारोपण गर्नेभन्दा सामूहिक रुपमा ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । महानगरका उपप्रमुख इम्तियाज आलमले ट्राफिक नियम सहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि पालना गर्नुपर्ने बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपालमा सवारी दुर्घटनामा दैनिक सात जनाको ज्यान जाने भएकाले ट्राफिक नियमको पालना कडाइपूर्वक गर्नुपर्ने बताउनुभयो ।
“सवारी दुर्घटनामा परेर अकालमै मृत्यु हुनेको तथ्याङ्क बढेको छ । त्यसैले सरोकारवाला निकायले समन्वय गरेर सवारी दुर्घटना न्यूनिकरण गर्नेतर्फ अघि बढ्न जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो । पर्सामा चालु आर्थिक वर्षको जेठ २७ गतेसम्ममा सवारी दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ ।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले ट्राफिक प्रहरीसँग पर्याप्त मात्रामा पूर्वाधार नहुँदा काम गर्न अप्ठेरो परेको गुनासो गर्नुभयो । “सडकमा अत्यावश्यक संरचनाको अभाव छ । जसका कारण ट्राफिक प्रहरी एक्लैले सबै समस्या समाधान गर्नसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “वीरगञ्ज महानगरलगायतका स्थानीय सरकारले सडकमा आवश्यक बत्ती र अन्य सडक फर्निचरको प्रबन्ध मिलाइदिने हो भने ट्राफिक व्यवस्थापनमा धेरै सहज हुने थियो ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लोकराज भट्टले सप्ताहव्यापी अभियानअन्तर्गत पर्साका चोक–चोकमा ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको जानकारी दिनुभयो ।
यातायात व्यवसायीको तर्फबाट जगतसाह कानुले यस्ता रचनात्मक कार्यक्रमले सवारी दुर्घटना न्यूनिकरणमा सघाउ पु¥याउने बताउनुभयो । ट्राफिक जनचेतना कार्यक्रममा विद्यार्थीहरुको सहभागिता  थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग