३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

२९ जेष्ठ २०८२, बुधबार १४:१४

काठमाडौँ | ६२८औँ कवीर प्रकट अर्थात सन्त कवीर जयन्तीका अवसरमा १५ नवजोडीको एउटै मञ्चमा दाइजोमुक्त विवाह सम्पन्न भएको छ । विवाहित मध्ये नौ जोडी नेपालका तथा छ जोडी भारतका छन् ।

दाइजो प्रथाले गहिरो प्रभाव जमाएको मधेस प्रदेशमा यो आदर्श विवाहले समाजमा सकारात्मक उदाहरण स्थापित गरेको आश्रमका असुर निकन्द रमैणीले बताउनुभयो । मिथिला नगरपालिका–२ वेलाचापीस्थित सतलोक आश्रममा कवीर प्रकट दिवसका अवसरमा विगत तीन दिनदेखि सञ्चालित समारोहमा सामाजिक, धार्मिक तथा सेवामूलकका साथै विशाल भण्डारा, रक्तदान, निःशुल्क भोजनलगायत कार्यक्रम गरिएका छन् ।

वैदिक उच्चारणसहित विवाह कार्यक्रम १७ मिनेटमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी नवजोडी तथा तिनका अभिभावकले यस किसिमको विवाहले समाजमा सकारात्मक सन्देश प्रवाह हुने प्रतिक्रिया दिए । सतलोक आश्रमले आगामीदिनमा सामाजिक उत्थानका यस्ता कार्यक्रमलाई अझै अगाडि बढाउनुपर्ने पर्साको वहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्माकुमारी कुशवाहाले वताउनुभयो ।

मधेस प्रदेशमा सन्त कवीर दिवसका अवसरमा सार्वजनिक विदासमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’