३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

५ असार २०८२, बिहीबार १५:४१
काठमाडौँ । सिराहाको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा ‘डावरटोल–नैनपुरटोल खानेपानी आयोजना’ निर्माण सम्पन्न भएको छ । निर्माण सुरु भएको पाँच वर्षपछि रु १० करोड ९४ लाखको लागतमा सो आयोजना सम्पन्न भएको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको आज उद्घाटन गर्नुभयो । आयोजनाबाट एक हजार ५०० घरधुरी लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरले जनाएको छ ।
 उद्घाटन कार्यक्रममा खानेपानीमन्त्री यादवले यी तीनैवटा वडाका उपभोक्ताको वर्षौँदेखि शुद्ध खानेपानी पिउने सपना आज साकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आजदेखि धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का  नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्त गराएका छौँ । यो सरकारको नागरिकप्रतिको प्रतिबद्धता पनि हो ।”
स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पु¥याउने सरकारको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । खानेपानी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले मन्त्रालयको नीति तथा योजनाले नागरिकको हित र समुन्नतिलाई केन्द्रविन्दुमा राखी सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामुकमार श्रेष्ठले खानेपानी विभागले मानव विकास सूचाङ्क कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यान्वयन गरिरहेको र मधेशका २८० वटा अधुरो योजना सञ्चालन गर्न नीतिगत सुधार गरी कार्यान्वयनको तयारीमा रहेको जानकारी दिनुभयो ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंह तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतोले यहाँ सम्पन्न खानेपानी आयोजनाले स्थानीयको पिउने पानी समस्या दीर्घकालीन रुपमा समाधान भएकोमा खुसी व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’