२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

२०८२, ५ असार बिहीबार १५:४१
काठमाडौँ । सिराहाको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा ‘डावरटोल–नैनपुरटोल खानेपानी आयोजना’ निर्माण सम्पन्न भएको छ । निर्माण सुरु भएको पाँच वर्षपछि रु १० करोड ९४ लाखको लागतमा सो आयोजना सम्पन्न भएको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको आज उद्घाटन गर्नुभयो । आयोजनाबाट एक हजार ५०० घरधुरी लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरले जनाएको छ ।
 उद्घाटन कार्यक्रममा खानेपानीमन्त्री यादवले यी तीनैवटा वडाका उपभोक्ताको वर्षौँदेखि शुद्ध खानेपानी पिउने सपना आज साकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आजदेखि धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का  नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्त गराएका छौँ । यो सरकारको नागरिकप्रतिको प्रतिबद्धता पनि हो ।”
स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पु¥याउने सरकारको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । खानेपानी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले मन्त्रालयको नीति तथा योजनाले नागरिकको हित र समुन्नतिलाई केन्द्रविन्दुमा राखी सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामुकमार श्रेष्ठले खानेपानी विभागले मानव विकास सूचाङ्क कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यान्वयन गरिरहेको र मधेशका २८० वटा अधुरो योजना सञ्चालन गर्न नीतिगत सुधार गरी कार्यान्वयनको तयारीमा रहेको जानकारी दिनुभयो ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंह तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतोले यहाँ सम्पन्न खानेपानी आयोजनाले स्थानीयको पिउने पानी समस्या दीर्घकालीन रुपमा समाधान भएकोमा खुसी व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर