१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

‘आधुनिक खेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध छ’

१५ असार २०८२, आईतवार १३:२७

काठमाडौँ | राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका किसानहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आधुनिकखेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले ‘मधेशले देशलाई खुवाउने’ दीर्घकालीन अभियान अघि बढाएको बताउनुभएको हो । ‘उत्पादन मधेशमा, विस्तार देशमा’ भन्ने मूल नारालाई आधार मानेर कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउने र निर्यात प्रवर्द्धन गर्ने सरकारको स्पष्ट रणनीति रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार धान उत्पादनलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘दुई धान बाली प्रवर्द्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको छ । साथै माटोको उर्वरता सुधार, सिँचाइमा आत्मनिर्भरता, यान्त्रीकरण, विद्युतीकरण र व्यवसायीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान बालीको दिगो विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल तथा सिँचाइ सुविधाको सहज पहुँचमा पुर्‍याउँदै किसानको जीवनस्तर उकास्न सरकार निरन्तर सक्रिय रहेको उहाँले उल्लेख गर्नुभयो ।

“राष्ट्रिय धान दिवसले हामी सबैलाई खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने साझा सङ्कल्प र प्रेरणा मिलोस्”, उहाँले भन्नुभयो, “सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीप्रति सम्मानसहित शुभकामना व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव