२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

‘आधुनिक खेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध छ’

२०८२, १५ असार आईतवार १३:२७

काठमाडौँ | राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका किसानहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आधुनिकखेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले ‘मधेशले देशलाई खुवाउने’ दीर्घकालीन अभियान अघि बढाएको बताउनुभएको हो । ‘उत्पादन मधेशमा, विस्तार देशमा’ भन्ने मूल नारालाई आधार मानेर कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउने र निर्यात प्रवर्द्धन गर्ने सरकारको स्पष्ट रणनीति रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार धान उत्पादनलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘दुई धान बाली प्रवर्द्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको छ । साथै माटोको उर्वरता सुधार, सिँचाइमा आत्मनिर्भरता, यान्त्रीकरण, विद्युतीकरण र व्यवसायीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान बालीको दिगो विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल तथा सिँचाइ सुविधाको सहज पहुँचमा पुर्‍याउँदै किसानको जीवनस्तर उकास्न सरकार निरन्तर सक्रिय रहेको उहाँले उल्लेख गर्नुभयो ।

“राष्ट्रिय धान दिवसले हामी सबैलाई खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने साझा सङ्कल्प र प्रेरणा मिलोस्”, उहाँले भन्नुभयो, “सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीप्रति सम्मानसहित शुभकामना व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक