१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषामा आँप महोत्सव हुँदै

१३ असार २०८२, शुक्रबार १५:३४

काठमाडौँ | धनुषामा दुईदिने आँप महोत्सव आयोजना हुने भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यही असार १४ र १५ गते चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डको आयोजनामा ‘चित्रपुर आँप मेला महोत्सव– २०८२’ हुने भएको हो ।

स्थानीय आँप प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका अध्यक्ष प्रदीप महतोले बताउनुभयो । उहाँले चित्रपुरलाई ‘आँप पर्यटन नाका’का रूपमा विकास गर्ने लक्ष्य लिइएको समेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आँप पकेट जोन घोषणा गरिए पनि किसानहरु बजारीकरण हुन नसकेको बताउँछन् । यहाँ दोस्रोपटक आँप महोत्सव गर्न लागिएको मेला समितिका सदस्य फुलगेन मगहीले बताउनुभयो । मेलामा ४० भन्दा बढी जातका आँप तथा आँपबाट बनेका विभिन्न परिकार जुस, अचारलगायतको प्रदर्शनीमा राखिनेछ ।

मेला घुम्न आउने पर्यटकलाई निःशुल्क आँप खुवाउने, बगैँचामा घुमाउने, रुखबाट आँप छानेर टिप्ने अनुभव दिलाउने र विद्यार्थीलाई विभिन्न जातका आँप चिनाउने कार्यक्रमसमेत समावेश गरिएको अध्यक्ष महतो बताउनुहुन्छ ।

हाल चित्रपुर क्षेत्रमा ३०० बिघाभन्दा बढी जमिनमा फैलिएको आँपको बगैँचामा उत्पादन हुँदै आएको छ । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता सरोज चौधरीका अनुसार मधेश प्रदेशले देशको कुल आँप उत्पादनमा ७७.१ प्रतिशत योगदान दिँदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का