३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग

८ बैशाख २०८२, सोमबार १६:०६

काठमाडौँ | पर्साका निजामती कर्मचारीका छ वटा सङ्घ–सङ्गठनले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आफ्ना ११ बुँदे माग समावेश गरेर यथाशीघ्र ऐन जारी गर्न माग गरेका छन् ।

पर्साका निजामति कर्मचारीका छ वटा सङ्घ–सङ्गठनले आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रतिनिधिसभाका सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी युनियन पर्साका अध्यक्ष विजयकुमार गुप्ताले निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न चक्रिय र पूर्वानुमान योग्य बनाउँदै सम्बन्धित प्रदेश तथा स्थानीय तहको सहमतिको आधारमा अन्तरप्रदेश र अन्तरप्रदेश स्थानीय तह सरूवाको व्यवस्था गर्नुपर्ने माग राखेको जानकारी दिनुभयो ।

“सङ्घ, प्रदेश तथा स्थानीय तहको जुनसुकै तहमा कार्यरत कर्मचारीले खुला÷आन्तरिक प्रतिस्पर्धाबाट अर्काे तहमा नियुक्ती भएमा निजको सेवा निरन्तरताका साथै निवृत्तिभरण पाउनेगरी नियुक्त भएको कर्मचारीले प्रदेश र स्थानीय तहमा आन्तरिक तथा खुल्ला परीक्षा उत्तीर्ण गरेमा निवृत्तिभरण प्राप्त गर्ने प्रावधान कायम गर्नुपर्ने माग राखेका छौँ”, उहाँँले भन्नुभयो, “निजामती कर्मचारी भन्नाले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मलाई सम्झनुपर्छ भन्ने विषय परिभाषामा समेट्नुपर्नेछ ।”

विभिन्न छ सङ्घ सङ्गठनले सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध कायम हुनेगरी पेसागत हकहित र अधिकारका लागि सङ्गठित हुन कार्यालय प्रमुख बाहेक शाखा अधिकृत वा आठौँ तहसम्मका कर्मचारी सदस्य हुन पाउनेगरी सामूहिक सौदावाजीसहितको राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक टे«ड युनियनको व्यवस्था हुनुपर्ने मागमा उल्लेख गरिएको छ ।

त्यस्तै सङ्घीय निजामति सेवा ऐन जारी भए पनि सङ्घीय कानुन बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटक लागि समायोजनको लागि छनोटको अवसर प्रदान गर्नुपर्ने माग राखेका छन् । सङ्घ सङ्गठनले राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले संयुक्त टे«ड युनियनबाट पटक–पटक उठान गरिएका विषयवस्तु समावेश नगरी समितिमा प्रतिवेदन पेस गर्नुले हाम्रा साझा माग मुद्दाप्रति उपसमिति बेवास्था गरेकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।

विधेयकमा देखिएको समस्याको समाधान निकाली सङ्घीय निजामति सेवा ऐनको विधेयक समितिको सुझावसहित प्रतिनिधिसभाको प्रथम बैठकभन्दा अगावै पेस गर्न राज्य व्यवस्था तथा सुशासन समितिसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट