१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नेपालबाट भारत छिर्न लागेका चारजना चिनियाँ नागरिक रक्सौल नाकामा पक्राउ परे

२५ बैशाख २०८२, बिहीबार १४:१९

काठमाडौँ | पाकिस्तानमा मंगलबार राति भारतले आक्रमण गरेपछि नेपाल-भारत सीमाक्षेत्रमा सुरक्षा कडा बनाइएको छ । सुरक्षा निगरानीका क्रममा नेपालको वीरगञ्जसँगैको रक्सौल मैत्री पुलनजिक चारजना चिनियाँ पक्राउ परेका छन् । नेपालबाट रक्सौल सीमाको बाटो हुँदै अवैध रूपमा भारत प्रवेश गर्न खोजिरहेका चारजना चिनियाँ नागरिकलाई सीमा सुरक्षा बल (एसएसबी) ले रक्सौल मैत्री पुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजना चिनियाँ नागरिकले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका एसएसबीले जनाएको छ । तिनीहरू हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषामा बोल्न जान्ने रहेको भारतीय सुरक्षा निकायले जनाएको छ। भारतीय सुरक्षा निकायले ती चिनियाँहरूको सम्बन्ध पाकिस्तानसँग रहेको आरोप लगाएका छन् । उनीहरू पाकिस्तानमा रहेका एक व्यक्तिसँग कुराकानी गरिरहेको अवस्थामा भेटिएका दाबी एसएसबीको छ।

ती चिनियाँ नागरिक पछिल्लो एक सातादेखि काठमाडौँमा थिए। उनीहरू किन भारतमा अवैध रूपमा प्रवेश गर्न खोजेका थिए भन्ने खुलेको छैन । भारतीय सुरक्षा एजेन्सीहरूले उनीहरूसँग सोधपुछ गरिरहेका छन्। ‘अपरेशन सिन्दूर’पछि भारत–नेपालको रक्सौल सीमामा एसएसबीलाई उच्च सतर्क अवस्थामा राखिएको छ । त्यसकै कारण नेपालबाट आउने–जाने सबै व्यक्तिको रक्सौल नाकामा कडा जाँच भइरहेको छ । भारतमा प्रवेश गर्ने व्यक्तिहरूको परिचयपत्र कडाइका साथ जाँच गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार