२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नेपालबाट भारत छिर्न लागेका चारजना चिनियाँ नागरिक रक्सौल नाकामा पक्राउ परे

२०८२, २५ बैशाख बिहीबार १४:१९

काठमाडौँ | पाकिस्तानमा मंगलबार राति भारतले आक्रमण गरेपछि नेपाल-भारत सीमाक्षेत्रमा सुरक्षा कडा बनाइएको छ । सुरक्षा निगरानीका क्रममा नेपालको वीरगञ्जसँगैको रक्सौल मैत्री पुलनजिक चारजना चिनियाँ पक्राउ परेका छन् । नेपालबाट रक्सौल सीमाको बाटो हुँदै अवैध रूपमा भारत प्रवेश गर्न खोजिरहेका चारजना चिनियाँ नागरिकलाई सीमा सुरक्षा बल (एसएसबी) ले रक्सौल मैत्री पुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजना चिनियाँ नागरिकले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका एसएसबीले जनाएको छ । तिनीहरू हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषामा बोल्न जान्ने रहेको भारतीय सुरक्षा निकायले जनाएको छ। भारतीय सुरक्षा निकायले ती चिनियाँहरूको सम्बन्ध पाकिस्तानसँग रहेको आरोप लगाएका छन् । उनीहरू पाकिस्तानमा रहेका एक व्यक्तिसँग कुराकानी गरिरहेको अवस्थामा भेटिएका दाबी एसएसबीको छ।

ती चिनियाँ नागरिक पछिल्लो एक सातादेखि काठमाडौँमा थिए। उनीहरू किन भारतमा अवैध रूपमा प्रवेश गर्न खोजेका थिए भन्ने खुलेको छैन । भारतीय सुरक्षा एजेन्सीहरूले उनीहरूसँग सोधपुछ गरिरहेका छन्। ‘अपरेशन सिन्दूर’पछि भारत–नेपालको रक्सौल सीमामा एसएसबीलाई उच्च सतर्क अवस्थामा राखिएको छ । त्यसकै कारण नेपालबाट आउने–जाने सबै व्यक्तिको रक्सौल नाकामा कडा जाँच भइरहेको छ । भारतमा प्रवेश गर्ने व्यक्तिहरूको परिचयपत्र कडाइका साथ जाँच गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा