५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

८ जेष्ठ २०८२, बुधबार १२:३२

काठमाडौँ | आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौँ महिनाको अवधिमा रु छ अर्ब १३ करोड ९५ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा रु छ अर्ब ६५ करोड ७९ लाख आठ हजार अर्थात १०८ दशमलव ४४ प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागार्इँले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताउनुभयो ।

“कार्यालयले चालु आवको नौँ महिनाको लक्ष्यको आधारमा अन्तःशुल्क करतफ १३९ प्रतिशत राजस्व सङकलन गरेको छ,” उहाँले भन्नुभयो,“आयकरतर्फ पनि करिव शतप्रतिशतकै हाराहारीमा राजस्व सङ्कलन भएको छ ।”

विभागले कार्यालयलाई आयकरतर्फ चैतसम्म रु दुई अर्ब १३ करोड २५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले आन्तरिक आयतर्फ चैतसम्म दुई अर्ब ११ करोड ४७ लाख ५७ हजार अर्थात ९९ दशमलव १७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । त्यस्तै अन्तःशुल्क करतर्फ दुई अर्ब १६ करोड ६१ लाख लक्ष्य रहेकोमा तीन अर्ब ९६ लाख २४ हजार अर्थात १३८ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । त्यस्तै बहाल करतर्फ २२ करोड ९१ लख चार हजार सङ्कलन गरेको छ ।

त्यस्तै व्याज करतर्फ भने ४५ करोड ५७ लाख सङ्कलन गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७५ करोड ३३ लाख ६७ हजार लक्ष्य राखेकोमा एक अर्ब ४३ करोड ३९ लाख ९४ हजार अर्थात ८३ दशमलव ५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विभागले कार्यालयलाई वर्षभरिमा भने आठ अर्ब ७१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता