२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

२६ श्रावण २०८२, आईतवार १७:४५

काठमाडौँ | सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा आइतबार बिहान मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। सुखेपोखरी क्याम्पस नजिकै प्रदेश ०२-०३-०१९ प ५४०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार हरिवन १० कै १४ वर्षीया दीपीका बुढाथोकीको मृत्यु भएको हो ।

बालिकालाई हरिवनमा सामान्य उपचारपश्चात थप उपचारका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक बागमती नगरपालिका–१, का १६ वर्षीय सविन भुजेलसमेत गम्भीर घाइते हुनुभएको छ ।

टाउको र आँखामा चोट लागेर घाइते भुजेलको प्रहरी निगरानीमा वीरगञ्जमा उपचार भइरहेको हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का