२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

२०८२, २६ श्रावण आईतवार १७:४५

काठमाडौँ | सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा आइतबार बिहान मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। सुखेपोखरी क्याम्पस नजिकै प्रदेश ०२-०३-०१९ प ५४०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार हरिवन १० कै १४ वर्षीया दीपीका बुढाथोकीको मृत्यु भएको हो ।

बालिकालाई हरिवनमा सामान्य उपचारपश्चात थप उपचारका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक बागमती नगरपालिका–१, का १६ वर्षीय सविन भुजेलसमेत गम्भीर घाइते हुनुभएको छ ।

टाउको र आँखामा चोट लागेर घाइते भुजेलको प्रहरी निगरानीमा वीरगञ्जमा उपचार भइरहेको हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी