२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो

२०८१, २७ चैत्र बुधबार १४:०९

सिरहामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । धनगढीमाई नगरपालिका ७, कसहास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

सुखीपुर नगरपालिका ८ का करिब ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका १२ का करिब २८ वर्षीय सन्तोषकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यसैगरी, सन्तोषले चलाएको मोटरसाइकलमा पछाडी सवार सिरहा नगरपालिका १२ का करिब २४ वर्षीय सिकन्दर यादवको टाउको, हात खुट्टामा गम्भीर चोट लागेको छ । उनको उपचार भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र कुमार पासवानले बताए ।

पश्चिम दिशाबाट आउँदै गरेको गिरीले चलाएको बा ४४ प १५६१ नम्बरको माटरसाइकल र पूर्वबाट आउँदै गरेको सन्तोषले चलाएको स ५ प ७७४० नम्बरको मोटरसाइकल तीव्र गतिका कारण आपसमा ठोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश