२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

२०८२, ५ जेष्ठ आईतवार १४:१५

काठमाडौँ | यहाँको लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि निःशुल्क ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविर’ सञ्चालन गरेको छ । शिविरबाट दुई सय ५५ जना लाभान्वित भएका छन् ।

नगरपालिकाले उत्तरी भेगको दुर्गम क्षेत्रमा पर्ने वडा नं १७ र २४ मा गत बुधबारदेखि सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ३० वर्षदेखि ५५ वर्ष उमेर समूहका महिलाको पाठेघरको परीक्षण गरिएको नगरको स्वास्थ्य शाखाका प्रमुख रीता यादवले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य परीक्षणको क्रममा दुवै वडाका पाँच जनामा ‘पोजेटिभ रिर्पोट’ आएको छ ।

शिविरमा जाँच गराउन आउनुभएका महिलामा क्यान्सरको पहिचान, अवस्थाको पूर्व जानकारी, उपचार विधिलगायत विषयमा सचेत गराउने र समस्या देखिएमा थप उपचारका लागि लहान नगरपालिकाले व्यवस्था गर्नेगरी शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखाका प्रमुख यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जोखिम काम, पौष्टिक आहारको कमी, समयमा उपचार गराउन नसक्दा क्यान्सरबाट पीडित भई मृत्युसमेत हुनसक्ने अवस्थाबाट बचाउन शिविर प्रभावकारी हुने अपेक्षा लिएका छौँ ।” यादवका अनुसार परीक्षणका क्रममा ‘पोजेटिभ रिर्पोट’ आएका पाँच जनाको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

महिलामा पाठेघरको मुखमा हुने क्यान्सरलाई सङ्घीय सरकारले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएकाले सोही अनुरुप शिविर सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत तेजकुमारी श्रेष्ठले बताउनुभयो । शिविरमा ‘भिआइए टेष्ट’ विधिबाट एक मिनेटमा परीक्षण नतिजा आउने भएकाले यो विधि प्रभावकारी बन्दै गएको उहाँले उल्लेख गर्नुभयो । उहाँले ‘पोजेटिभ रिर्पोट’ आएका महिलालाई निगरानीमा राखेर थप उपचारको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका, दलित समुदायका महिला पाठेघरको समस्याले पीडित रहेका भन्दै उपचार गराउन नसकिरहेको अवस्थामा यो शिविर प्रभावकारी भएको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले आगामी दिनमा क्रमशः लहानका २४ वटै वडामा यसकिसिमका शिविर आयोजना गरिने जानकारी दिनुभयो ।

नगरभित्रका दलित, विपन्न बस्तीका गर्भवती तथा सुत्केरीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रत्येक महिनाको २२ गते ‘पोषण योजना’ अन्तर्गत पोषणयुक्त खाद्यान्न वितरण कार्यलाई निरन्तरता दिइँदै आइएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन