२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

२० असार २०८२, शुक्रबार १९:०६

काठमाडौँ | यहाँको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका लागि मधेस प्रदेश सरकारले दुईवटा सिटी स्क्यान मेसिन उपलब्ध गराउने भएको छ । सो मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले जानकारी दिनुभयो ।

आज यहाँ आयोजित ‘बी एण्ड बी डेन्टल प्लस मल्टिस्पेसिलिटी क्लिनिक प्रालि’को उद्घाटन गर्दै मन्त्री सिंहले भन्नुभयो, “लामो समयदेखि यहाँका जनताको माग पुरा गर्न हामीले दुईवटा सिटी स्क्यान उपकरण खरिद प्रक्रिया अघि बढाइसकेका छौँ । अब सिटी स्क्यान गर्न विराटनगर वा जनकपुर जानुपर्ने बाध्यता हट्नेछ ।”

मन्त्री सिंहका अनुसार उक्त उपकरण खरिदका लागि रु १९ करोडको लागतमा ठेक्का प्रक्रिया अघि बढिसकेको छ । त्यसैगरी उहाँले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा रु ६५ करोड विनियोजन गरेको उल्लेख गर्दै निजी क्षेत्रबाट प्रदान हुने गुणस्तरीय सेवा र दक्ष चिकित्सकहरूको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सरकारी शुल्कसरह लिएर पनि उत्कृष्ट सेवा दिनसक्ने निजी संस्थाहरूसँग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा क्लिनिकका संरक्षक कनैयाप्रसाद गुप्ताले सरकारी अस्पतालकै दरमा दन्त तथा मुख स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाउँदै, क्लिनिकमा दक्ष चिकित्सक, आधुनिक उपकरण र सहज सेवा प्रवाह प्रणालीको सुनिश्चितता रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ