२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सिराहा - SRH

पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा…

१२ असार २०७९, आईतवार १२:४१

असार १२, सिरहा | सिरहाको लहानमा गोली लागेर एक युवक घाइते भएका छन् । आफ्नै साथीले चलाएको पेस्ताेलबाट निस्केकाे गोली पेटमा लाग्दा लाहान नपा-२२ बेलहीका करिब १८ वर्षीय दिलिप मुखिया घाइते भएका हुन् । 

मुखियाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरान पठाएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

उनीहरू स्थानीय नवीन चौधरीको घरको माथिल्लो तल्लामा बसेर मोबाइलमा पब्जी गोम खेलिरहेका थिए । यही बेला १९ वर्षीय सुरज मुखियासँग भएको पेस्तोल लिएर १५ वर्षीय शुशान्त चौधरीले ख्यालठट्टामा गोली  चलाउदा मुखियाको पेटमा लागेको प्रहरीले जनाएको छ। 

पब्जी खेलिरहेका उनीहरू पब्जीमा जस्तै गोली चलाउँदा कस्तो हुन्छ भन्दै गोली चलाउँदा मुखियाको पेटमा  लागेको बताइएको छ।  यता, प्रहरीले  दुई थान पेस्तोल र १२ थान गोलीसहित दुईनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी  कुमार मैनालीले बताए । 

प्रहरीले शुशान्त चैाधरीको घरछेउको बाँसघारीबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच थान, ७.६५ लेखिएको गोली चार थान बरामद गरेको छ । उनीहरू लागुऔषध सेवनकर्ता समेत रहेको खुलेकाे छ ।

उनीहरूले पेस्तोल र गोली कहाँबाट ल्याएको अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी