१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मेलौलीबाट पुनः स्वास्थ्य बिमा कार्यक्रम

१६ बैशाख २०८२, मंगलवार १७:२२

काठमाडौँ | केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीबाट पुनः स्वास्थ्य बिमा सुरु गर्ने तयारी भएको छ । स्वास्थ्य बिमा ‘अनलाइन’ प्रणालीमा गएपछि गएको दुई वर्ष यतादेखि रोकिएको सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य बिमा बोर्ड बैतडीका प्रमुख जमन बडालले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बिमा सेवा सुरु गर्नका लागि आवश्यक सफ्टवेयर किन्ने तयारी भएको छ । सफ्टवेयर खरिदका लागि नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बडालले बताउनुभयो । सफ्टवेयर खरिद गरेपछि केही दिनभित्र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु मानेर सेवा दिइने बडालले बताउनुभयो ।

यसअघि त्यो क्षेत्रका नागरिकका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु तोकिएको थियो । स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकलाई प्रथम विन्दुबाट प्राप्त हुने सेवा सोही ठाउँमा उपलब्ध हुन्छ भने ‘रेफर’ गर्नुपर्नेलाई पनि सोही ठाउँबाट रेफर गर्नुपर्ने प्रावधान रहिआएको छ ।

बैतडीमा २९ हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएका बडालले बताउनुभयो । स्वास्थ्य बिमामा आबद्ध भएका सदस्यले रु एक लाखसम्मको उपचार निःशुल्क रूपमा पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता