२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको लेकम गाउँपालीकालाई बिभाजन नगर्न आयोगको ध्यानआकर्षण

२४ श्रावण २०७४, मंगलवार ०७:०९

लोकेन्द्र प्रसाद जोशी/साउन २४, दार्चुला । दार्चुला जिल्लालाइ संघिय निर्बाचनकालागी पुरै जिल्लालाइ एक निर्बाचन क्षेत्र र प्रान्तीय निर्बाचन प्रयोजनकालागी २ ओटा निर्बाचन क्षेत्रमा बिभाजन गर्ने लगभग निश्चित जस्तै छ ।

यसअघि गत २०४८ सालको निर्बाचनमा दार्चुला जिल्लामा २ ओटा निर्बाचन क्षेत्र हुदा बर्तमान लेकम गाउँपालीकाका ४ ओटा साबिकका गाबिसमध्ये रिठाचौपाता र सर्मोली गाबिस एउटा क्षेत्र र खरकडा र लाली अर्को क्षेत्रमा रहेकोले अहिले सिमाकंन परिमार्जन गरी पुरै गाउँपालीका एउटै क्षेत्रमा हुनुपर्ने माग स्थानियले गरेका छन ।

पुरानो सिमाकंन अबैज्ञानिक र अब्यबहारीक रहेको भन्दै हालपनि पुरानै इतिहासलाइ नजिर बनाइ सिमाकंन गर्ने प्रयास नगर्न जनदबाबको आधारमा जनप्रतिनिधिहरुले निर्बाचन क्षेत्र निर्धारण आयोगलाइ आग्रह गरेका हुन ।

लेकम गाउँपालीकालाइ पुरानै संरचनाअनुसार बिभाजन गरेर क्षेत्र नम्बर १ र २ राख्ने कार्य अब्यबहारीक, अबैज्ञानिक, पिडादायी एब. स्थानिय नागरीकको जनभाबना बिपरित हुने भन्दै  गाउँपालीका टुक्राउँने प्रयास नगर्न लेकम गाउँपालीका र छिमेकी गाउँपालीकाका जनप्रतिनिधिहरु साथै सम्पुर्ण राजनीतिक दलका प्रतिनिधिहरुले संयुक्त रुपमा निर्बाचन आयोगलाइ जिल्ला प्रसासन कार्यालय दार्चुला मार्फत ध्यानआकर्षण गराएका छन ।

यसअघि गत बुधबार लेकम गाउँपालीकाका जनप्रतिनिधिहरुको बैठकले समेत निकट भबिष्यमा हुने भनिएको प्रादेशिक निर्बाचनमा लेकम गाउँपालीकालाइ बिभाजन गर्न नहुने निर्णय गरेका थिए ।

जनभाबना र आबश्यकता बिपरित आयोगले सिमाकंनको निर्णय गरेमा कडा आन्दोलनमा उत्रिने लेकमबासी नागरीकले चेतावनि समेत दिएका छन ।

भगौलीक निरन्तरता, सुगमता र एकरुपता, धार्मीक, सास्कृतिक र भगौलीक भाषिक सम्बन्ध, बन बनस्पति र जल जलासय समेत मिलेको आधारमा लेकम गाउँपालीका, मालिकार्जुन गाउँपालीका, महाकाली नगरपालीका र दुहु गाउँपालीकालाइ एउटा क्षेत्र र अपिहिमाल गाउँपालीका, मार्मा गाउँपालीका, शैल्यसिखर नगरपालीका र नौगाड गाउँपालीका गरी ४ ओटा स्थानिय तहलाइ अर्को निर्बाचन क्षेत्र रहने गरी सिमाकंन गर्नुपर्ने सुझाब समेत पेश गरीएको लेकम गाउँपालीका अध्यक्ष प्रमानन्द जोशीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला