४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

घोडाघोडी तालमा रहेको झार हटाइँदै

२९ जेष्ठ २०८२, बुधबार १७:०६

काठमाडौँ | विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजातिको बेसरम झार हटाउन सुरु गरिएको छ । नेपालको पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र) का रूपमा परिचित घोडाघोडी तालको उत्तर र पूर्वी क्षेत्र बेसरम झारले ढाक्दै गएको छ ।

जैविक विविधताले महत्त्वपूर्ण मानिएको यो ताल मिचाहा प्रजातिले ढाक्दै गएपछि आजदेखि हटाउन थालिएको हो । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय पहलमानपुरको वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर बेसरम झार हटाउन सुरु गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

“प्रदेश सरकारको रु पाँच लाख बजेटमार्फत मिचाहा प्रजातिको झार हटाउन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । घोडाघोडी तालको उत्तरी भाग बेसरमले ढाक्दै गएपछि ताल क्षेत्र साँघुरिँदै गएको छ । “तालको उत्तर क्षेत्रको बड्का सिराहा, छोड्की सिराहा, छोट्की छिङ्टिलिया तथा पूर्वी क्षेत्रमा पनि तालको कुनाकुनामा बेसरमले ढाकेर ताल देखिँदैन । तालमा बेसरमसँगै जलकुम्भी, लहरे वनमारालगायत मिचाहा झारहरू प्रकोप बढ्दै गएका छन्”, उहाँले भन्नुभयो ।

यी मिचाहा झारहरूले पानीको सतहलाई पूर्णरूपमा ढाकेर सूर्यको प्रकाशलाई भित्र पस्न दिँदैनन्, जसले गर्दा पानीभित्रका रैथाने वनस्पति मर्न थालेका वन अधिकृत कँडेलले बताउनुभयो । “यसले पानीमा अक्सिजनको मात्रा घटाउँछ, जसले माछा र अन्य जलचरको जीवन सङ्कटमा पर्छन् । चराहरूले आहारा खोज्ने र बस्ने खुला पानीको सतह समाप्त हुँदा उनीहरूको बासस्थान समेत नष्ट हुन्छ”, उहाँले भन्नुभयो ।

मिचाहा झारलाई समयमा नियन्त्रण गरिएन भने ताल र यहाँको सिमसार, जलिय जैविक विविधता खतरामा पर्ने चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा पनि डिभिजन वन कार्यालय पहलमानपुरमार्फत दुई दशमलव पाँच हेक्टर क्षेत्रफलको बेसरम हटाइएको थियो । यसपटक दुई दशमलव आठ हेक्टर क्षेत्रफलको बेसरम हटाइने अधिकृत कँडेलले बताउनुभयो ।

हत्केला आकारमा फैलिएको घोडाघोडी ताल चराहरूको महत्त्वपूर्ण वासस्थानको रूपमा मानिन्छ । यहाँ विश्वव्यापी रूपमा खतरामा रहेका राजलाहाँचे, राज धनेस, माछाकुल, सेतो गिद्ध, डँगर गिद्ध, सानो खैरो गिद्ध, र भुडिफोर गरुड पाइन्छन् ।

तीन प्रजातिका चरा नाँदुन हाँस, हरिहाँस, बगाले सिम कुखुराले नेपालको घोडाघोडी क्षेत्रमा मात्रै प्रजनन गर्ने गर्दछन् । यसका साथै अजिङ्गर ,सालक, ओत, कछुवा, चितुवा, लोखर्के, खरायो, मुसा, न्याउरी मुसा, स्याल, मलसाँप्रो, बाँदर, लङ्गुर, बँदेल, रतुवा, चित्तल, निल गाई, गोही, सुन गोहोरो, छेपारालगायत विभिन्न प्रजातिहरूको महत्त्वपूर्ण बासस्थानका रूपमा यो क्षेत्र पर्दछ ।

चराहरूको बासस्थान रहेको घोडाघोडीमा हाल तीन सय ८० प्रजातिका चराहरू पाइन्छन् । चराहरूको महत्त्वपूर्ण बासस्थान रहेकाले यस क्षेत्रलाई विसं २०७८ फागुन २७ गते नेपालको पहिलो पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र) घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’