३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सर्पले टोकेर एक जनाको मृत्यु

१६ असार २०८२, सोमबार १७:१३
काठमाडौँ । सर्पले टोक्दा कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको छ । आफ्नै घर अगाडि काम गर्दैगर्दा उहाँको दाहिने खुट्टामा सर्पले टोकेपछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
सर्पले खुट्टामा टोकी घाइते भई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र उपचारका क्रममा बुढाको मृत्यु भएको जोशीले बताउनुभयो ।
त्यसैगरी, धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्न गई धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरका एकजना आज घाइते भएका छन् । घाइते हुनेमा धनगढीको लल्लिपुर बस्ने गुलियादेवी चौधरी रहेको सूचना अधिकारी जोशीले बताउनुभयो ।
चौधरी घरदेखि १०० मिटर टाढा खेतमा धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्न गई उहाँको दाहिने खुट्टा, हात र ढाडमा चोट लागेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ