१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

शुक्रकिट र डिम्ब तथा पाठेघरविनै वैज्ञानिकले बनाए मानव भ्रूण

२१ भाद्र २०८०, बिहीबार ०७:२७

एजेन्सी | वैज्ञानिकहरूले शुक्रकीट, डिम्ब तथा पाठेघरको प्रयोग नगरी प्रारम्भिक मानव भ्रूणसँग मिल्दोजुल्दो एक अस्तित्व बनाएका छन्। 

इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको मानव भ्रूणकै स्वरुपको नमूना भ्रूण तयार पारेका हुन् ।

प्रयोगशालामा तयार पारिएको सो भ्रूणले हर्मोनहरु समेत उत्सर्जन गरेको र गर्भ परीक्षणमा समेत पोजेटिभ देखिएको थियो । यो भ्रूणको विकासका लागि शुक्रकिट र डिम्बको साटो सुरुवाती पदार्थको रुपमा स्टेम कोशिकाको प्रयोग गरिएको थियो जुन कोशिकाहरु सरीरका जुनसुकै तन्तुमा विकास हुनसक्छन् ।


वैज्ञानिकहरुले प्रयोगशालामा कृत्रिम मानव भ्रूणको मोडेल तयार पार्नुको उद्देश्य हाम्रो जीवनको सुरुवाती क्षणहरुको बारेमा नैतिक ढंगले बुझ्नमा सहयोग गर्नु रहेको बताइएको छ ।

शुक्रकिट र डिम्बको मिलनपछि गर्भाधारण भएर भ्रूण बन्ने सुरुआती हप्ताहरु निकै नाटकीय परिवर्तनको चरण हो । यस क्रममा सामान्य कोशिकाहरुबाट बच्चा आकारको भ्रूण नै विकास हुन्छ ।

यो बेला भ्रूण खेर जाने वा बच्चामा विभिन्न खालका शारीरिक विकारहरु आउने समय पनि हो । तर यसबारेमा निकै कम मात्रै थाहा हुनछ ।

विजम्यान इन्स्टिच्युट अफ साइन्सका प्राध्यापक ज्याकब हान्नाका अनुसार यो चरण ब्लाकबक्स जस्तै हो, जसको बारेमा हामीलाई निकै सीमित मात्रै जानकारी छ ।

भ्रूण अध्ययनको विषय कानुनी, नैतिक तथा प्राविधिक रुपमै जटिल तथा संवेदनशील विषय हो । तर पछिल्लो समयमा प्राकृतिक भ्रूण विकासलाई जस्ताको तस्तै प्रस्तुत गर्नसक्ने प्रविधिको तीव्र विकास भैरहेको छ ।

इजरायली वैज्ञानिकहरुले विकास गरेको पछिल्लो कृत्रिम भ्रूण सुरुआती मानव भ्रूणका सबै प्रमुख संरचनाहरू देखाउने पहिलो पूर्ण स्वरुपको मानव भ्रूणको मोडेल भएको नेचर जर्नलमा प्रकाशित शोधमा उल्लेख छ ।

प्राध्यापक हान्ना भन्छन्, ‘यो ठ्याक्कै पाठ्यपुस्तकमा छापिने १४ दिनको मानव भ्रूणको तस्वीर जस्तै छ । यस्तो भ्रूणको नमूनाको विकास यसअघि गरिएको थिएन ।’  -बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल