२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

जब बेहुलाको नाच देखेर बेहुलीले बिहे गर्न मानिनन्

२०८०, २६ मंसिर मंगलवार ११:०९

मंसिर २६, काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा यस्तै एउटा अचम्मको घटना प्रकाशमा आएको छ । करहल थाना क्षेत्र अन्तर्गत गम्भीरा गाउँमा ७ डिसेम्बरका दिन ब्रजेश कुमारकी छोरीको विवाह थियो । जन्तीसहित बेहुला पनि निर्धारित समयमै आइपुगे ।

जन्तीलाई बेहुली पक्षले राम्रोसँग स्वागत सत्कार गरे । विवाहको प्रक्रिया सुरु भइसकेको थियो । केहीबेरमा वरमालाको कार्यक्रम थियो । तर त्यसअघि बेहुला आफ्ना साथीहरुसँग नाच्न थाले ।

बेहुला नाच्न थालेपछि सबैको ध्यान उनीतिर आकर्षित भयो । बेहुलीले पनि बेहुला नाचेको देखिन् । तर उनलाई बेहुलाको हाउभाउ ठिक लागेन । मदिराको नशामा बेहुला नाचेको अनुमान लगाउन उनलाई कठिन भएन ।


बेहुलीले शंका गरेपछि परिवारका सदस्यहरुले नजिकै गएर वास्तविकता पत्ता लगाउने प्रयास गरे । अन्ततः बेहुलीको शंका सही ठहरियो । बेहुलाले मात्र नभइ बेहुलाका पिताले पनि मदिरापान गरेको पत्ता लाग्यो ।

त्यसपछि बेहुलीले कुनै पनि हालतमा त्यो बेहुलासँग बिहे नगर्ने अडान लिइन् । बेहुला पक्षले बेहुलीलाई मनाउनका लागि कयौँ प्रयास गरे, तर सफल हुन सकेनन् । बेहुलीको अडानलाई उनका परिवारजनले पनि साथ दिए । त्यसपछि बेहुला जन्ती लिएर बेहुली बिना नै फिर्ता भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा