असार २३, काठमाडौं । भारतको विहारका एक युवकको टोकाइबाट सर्प मरेको छ ।
स्थानीय रिपोर्टका अनुसार राजौलीको रेलमार्ग आयोजनामा कार्यरत सन्तोष लोहारका सन्तोष लोहारले सर्प टोकेका थिए । लोहारले टोक्नुअगाडि सर्पले लोहारलाई टोकेको थियो । सर्पले टोकेपछि सर्पलाई दोब्बर टोक्दा विष नलाग्ने त्यहाँको मान्यता रहेको भारतीय मिडियाहरूले लेखेका छन् ।
यो खबर रुसी विश्व च्यानल आरटीले पनि प्रकाशन गरेको छ । भारतको रेलवे निर्माण क्षेत्रको राजौलीमा लोहारलाई सर्पले त्रिपालभित्र छिरेर टोकेको थियो । सन्तोषलाई सर्पको डसाइका कारण अस्पताल भर्ना गरिएको छ र अहिले निको भईरहेको छ ।