१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

विवाह गरेको तीन मिनेटमै सम्बन्ध विच्छेद

८ श्रावण २०८१, मंगलवार ११:०९

साउन ८, काठमाडौँ । विवाहित दम्पत्तिबीच प्रायः स–साना कुरामा झगडा भैरहेको हुन्छ । कहिलेकाहिँ यो झगडा बढेर सम्बन्ध विच्छेदसम्म पुग्छ । यसबाहेक कहिलेकाहिँ त विवाह भएको दशकौँ भए पनि एक झट्कामा नै सम्बन्ध टुट्छ ।

तर के कुनै जोडिले विवाह भएकै दिन सम्बन्ध विच्छेद गरेको तपाईँले सुन्नु भएको छ ? शायद छैन होला ।


कुवेतमा यस प्रकारको एउटा घटना घटेको छ, जहाँ विवाहको तीन मिनेटमै दुलाहा–दुलहीको सम्बन्ध विच्छेद भएको छ । उक्त जोडिको आधिकारिक रुपमा विवाह भएपछि जोडि अदालतबाट बाहिर निस्कियो । त्यहि समयमा दुलहीको खुट्टा लड्खडायो र उनी त्यहिँ लडिन् । दुलाहाले उनलाई सम्हाल्नुको साटो ‘स्टूपिड’ भने । दुलाहाको उक्त प्रतिक्रिया सुनेर दुलही रिसले आगो भइन् र उनले तुरुन्त विवाह रद्द गर्न भनिन् ।

दुलहीको कुरामा न्यायाधिशपनि सहमत भए र उक्त जोडिको विवाहको तीन मिनेटमै समबन्ध विच्छेद भयो । कुवेतको इतिहासमा यसलाई सबैभन्दा छोटो विवाह भनिएको छ ।

यद्यपि, यस प्रकारको घटना घटेको यो पहिलो पटक होइन । २००४ मा बेलायतमा एउटा जोडिले विवाह भएको ९० मिनेटपछि सम्बन्ध विच्छेद दर्ता गराएर सम्बन्ध विच्छेद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह