चैत ८, काठमाडौं । चिकित्सकहरु एक महिलाको शरीरबाट १० शिशु बराबरको ट्युमर शल्यक्रियामार्फत् निकाल्न सफल भएका छन् । मेडिकल भाषामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ८, काठमाडौं । चिकित्सकहरु एक महिलाको शरीरबाट १० शिशु बराबरको ट्युमर शल्यक्रियामार्फत् निकाल्न सफल भएका छन् । मेडिकल भाषामा "/>

१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी महिलाको पाठेघरबाट ३३ किलोको ‘ठूलो किरा’ निकालियो (फोटोफिचर)

८ चैत्र २०७३, मंगलवार १२:०५


चैत ८, काठमाडौं । चिकित्सकहरु एक महिलाको शरीरबाट १० शिशु बराबरको ट्युमर शल्यक्रियामार्फत् निकाल्न सफल भएका छन् । मेडिकल भाषामा यसलाई स–साना मलकोष अर्थात् मलकिराबाट उत्पन्न ट्युमर भनिन्छ ।

डेलीमेल अनलाइनमा प्रकाशित समाचारअनुसार नाम गोप्य राखिएको २४ वर्षीया मेक्सिकन युवतीले आफ्नो तौल दैनिक एक्कासि बढेपछि खान र श्वासप्रश्वासमा कठिनाइ भएको भन्दै अस्पतालमा परीक्षणका लागि गएकी थिइन् ।


चिकित्सकहरुले ‘स्क्यान’ गरी हेर्दा उनको डिम्बासयमा ट्युमर हुर्केको ११ महिना भइसकेको पत्ता लागेको थियो । उनको यो ट्युमर लामो शल्यक्रियामार्फत् सफलतापूर्वक निकालिएको हो ।

मेक्सिको जनरल अस्पतालले उनको पाठेघरको डिम्बासयबाट ठूलो किरा अर्थात् मलकोष झिकेर युवतीको जीवन बचाउन सफल भएको उल्लेख गरेको छ ।

अस्पतालका डा. एरिक ह्यान्सन् भियाना र डा. एवेल जलिफको टोलीले पहिलोपटक यस्तो शल्यक्रियाको सुरुआत गरेका हुन् । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो डिम्बासयमा हुर्केका ट्युमर मानिएको छ ।


६ महिनाअगाडि सम्पन्न यो शल्यक्रियापश्चात् बिरामी सामान्य अवस्थामा आइसकेको अस्पतालले उल्लेख गरेको छ । उक्त शल्यक्रियामार्फत् ती युवती पूर्णरुपमा स्वस्थ्य भएपछि अस्पतालले हालैमात्र योबारेमा सार्वजनिक गरेको हो ।

डा. ह्यान्सन्ले महिलाको पाठेघरमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ट्युमर भएको बताए । जुन स–साना मलकोषहरुबाट बन्छन् र विस्तारै बढ्दै जान्छ ।

उनले भने–‘हामीले शल्यक्रिया गर्दा ट्युमर ११ महिनाको थियो ।’

उनकाअनुसार ट्युमरको आकार पेटकोभन्दा ९५ प्रतिशत ठूलो थियो । साथै, व्यास आधा मिटर र परिधि १५७ सेमिको थियो । चिकित्सकहरुले यस ‘केस’लाई संसारकै दुलर्भ मानेका छन् ।


सन् १९०२ मा १४५ केजीको ट्युमरलाई बाहिरी शरीरबाट काटेर निकालिएको भएपनि महिलाको पाठेघरमा १२ सेमि आकार र १२ केजी तौलभन्दा ठूलो ट्युमर नहुने विषेशज्ञहरुले बताउँदै आएका थिए ।

तर, डा. ह्यान्सन्ले नकाटीकन सफलतापूर्वक उक्त युवतीको पाठेघरबाट ३३ केजीको ट्युमर निकालेको बताए ।

उनकाअनुसार बिरामीको हातगोडा सुकेको र पेटमात्रै फुकेकोले ट्युमरले उनको फोक्सो र मुटुमासमेत असर गरिसकेको हुँदा श्वासप्रश्वासमा निकै समस्या थियो ।

अस्पतालकाअनुसार शल्यक्रियाको दुई दिनपश्चात उनी अलि–अलि हिँड्नसक्ने भएकी थिइन् । ३३ किलोको ट्युमर निकालेपछि उनलाई हिँड्न असन्तुलन महसुस भएको थियो ।


उनले आफ्नो शरीरको सन्तुलन गुमाएकीले त्यतिखेर ‘चन्द्रमामा हिँडेकोजस्तो अनुभव’ भएको बताएकी थिइन् । उनलाई साधारण मानिसलेजसरी हिँड्न ६ महिना लागेको अस्पतालले बताएको छ ।

चिकित्सकहरुकाअनुसार यो शल्यक्रिया निकै खतरापूर्ण थियो । ट्युमरको २० प्रतिशत भाग निकै संवेदनशील रहेको र केहिगरी ट्युमर फुटेको भए फेरि मलकोषहरु ट्युमरकोरुपमा बढ्न सक्थ्यो ।

त्यस्तै, ट्युमरको छाला जम्मा एक मिमिकोमात्रै भएकोले सानो त्रुटिले पनि ट्युमर फुट्न सक्थ्यो ।

डा. ह्यान्सन्ले ट्युमर निकालेपछि पेटका धेरै भाग खाली भएकोले ‘स्ट्रेचिङ’को समस्या भएपनि लगातार उपचार र मास ‘स्ट्रेचिङ’का कारण अहिले पेट ‘नर्मल’ रहेको बताए ।

अहिले उनी मेक्सिकोको ग्रामीण क्षेत्रमा बस्छिन् । सहर आउँदा प्रत्येकपटक अस्पताल पुग्छिन् र सबै डाक्टरलाई धन्यवाद भन्छिन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति?