१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक यस्ता पति जसले आफ्नी पत्नीको विवाह उनकै प्रेमीसँग गराइदिए!

२७ असार २०७५, बुधबार ०९:५८

ओडिसा राज्यको पालमारा गाउँका २८ वर्षीय वासुदीप टपुले गत मार्च ४ मा झारसुगुडा गाउँकी २४ वर्षीया युवतीसँग मागी विवाह गरेका थिए ।

समुदायको परम्परा अनुसार गरिएको विवाहको कुनै कानुनी दस्तावेज थिएन । दुवैले समुदायका आर्शिवाद मात्र लिएका थिए ।

पहिलो ६ दिनसम्म सबै कुरा ठीक थियो । तर, त्यसपछि तीन जना पुरुषहरु दुलहीको गाउँबाट आए, जसले पूरै उथुलपुथुल ल्यायो ।

मिडिया रिपोर्टका अनुसार दुलहीको भाई बताउने तीन जनालाई वासुदीपको परिवारले स्वागत गर्यो ।

तीन जनाले मध्ये दुई जनाले वासुदीपलाई उसको गाउँ हेर्ने इच्छा गरे । वासुदीपले उनीहरुलाई गाउँ देखाउन लगे भने एक जना ‘भाई’ त्यहीँ घरमा बसे ।

छिमेकीले भने अज्ञात पुरुष नवविवाहीत दुलहीसँग बसेको मन पराएनन् ।

दुलहीलाई एक्लै ‘अज्ञात’ पुरुषसँग देखेपछि उनीहरु आएर ती युवकलाई पिट्न थाले ।

युवकलाई भीडले पिट्न थालेपछि ती दुलहीले पनि उनी आफ्नो भाई नभएर प्रेमी भएको स्वीकार गरिन् । उनले आफ्नो प्रेमलाई परिवारले स्वीकार नगरेको कारण दबाबमा वासुदीपसँग विवाह गर्नुपरेको बताइन् । त्यही भएर गोप्य रुपमा आफ्नो प्रेमसम्बन्धलाई कायम राख्न बाध्य भएको खुलासा पनि गरिन् ।

उनको यो स्वीकारोक्ति अन्य ठाउँमा भएको भए निकै घातक हुनसक्थ्यो । किनभने यस्ता गाउँहरुमा नाजायज सम्बन्धको कठोर सजाय दिने गरिन्छ ।

वासुदीप आएर यसको शान्तिपूर्ण समाधान निकाले । उनले आफ्नी पत्नीलाई आफ्नो प्रेमीसँग विवाह गर्ने सल्लाह दिए ।

त्यसपछि वासुदीपले आफै आफ्नो पत्नीको परिवारलाई फोन गरेर सबै कुरा सम्झाए । सबैलाई मनाएर उनले आफ्नो पत्नीको विवाह प्रेमीसँग गराइदिए ।

‘यदी मैले यो विवाह नगराएको भए हामी तीन जनाको जीवन बर्बाद हुन्थ्यो । यो मात्र एक समाधान थियो । अब हामी तीनै जना खुसी हुनसक्छौँ,’ वासुदीपले विवाह पछि भने ।

पालमारा गाउँका प्रमुख गजेन्द्र बागले वासुदीपको कुरा सुनेर आफूहरुलाई यही नै सही समाधान हो भन्ने लागेको र सबैले यसमा समर्थन गरेको बताए । आफ्नो छोराको बुद्धिमतादेखि वासुदीपको आमा पनि  खुसी छिन् । एजेन्सी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का