एजेन्सी | एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् ।

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६५ वर्षको उमेरसम्म ५३ जना महिलासँग विवाह

२ आश्विन २०७९, आईतवार ०६:४९

एजेन्सी | एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् ।


अबु अबदुल्लाले आफू २० वर्षको हुँदा पहिलो विवाह गरेका थिए । उनकी श्रीमती उनीभन्दा ६ वर्ष जेठी थिइन् । अब्दुल्ला निकै खुसी थिए । यो सिलसिला चलिरहेकै थियो तर अचानक समस्या सुरु हुन थाल्यो । त्यसैले उनले पुनः विवाह गर्ने सोच बनाए । २३ वर्षको उमेरमा उनले श्रीमतीलाई आफूले दोस्रो विवाह गर्न चाहेको जानकारी दिए । दुई श्रीमतीबीच झगडा हुन थालेपछि उनले पुनः तेस्रो विवाह गरे, यहि समस्या भयो, चौथो विवाह पनि गरे । यद्यपि, स्थिति सुध्रिनुको साटो थप बिग्रँदै गयो । त्यसैले उनले आफ्ना पहिलो र दोस्रो श्रीमतीसँग सम्बन्धविच्छेद गरे । तेस्रो र चौथो श्रीमतीलाई पनि त्यस्तै गरे, किनभने यिनीहरु बीच पनि झगडा हुन थालिसकेको थियो । तर स्थायित्वप्रति उनको भोकले भने निरन्तरता पाइरह्यो ।

Man Who Married 53 Women in 43 Years “Was Looking for Stability”

६५ वर्षका उनले अरेबिक सब्कसँगको कुराकानीमा आफूले हालसम्म ५३ जना महिलासँग विवाह गरिसकेको जानकारी दिए । सबैभन्दा छोटो विवाह उनको एक रात मात्रै टिक्न सकेको थियो । उनले यसबारे स्पष्टिकरण दिँदै भने, ‘मैले गरेको कुनै पनि विवाह ठट्टा थिएनन् । सबैजनासँग परम्परागत विवाह नै गरेँ । मलाई खुसी बनाउने व्यक्तिको खोजीमा त्यस्तो गरेको थिएँ तर मेरा विवाह सबै टुट्दै गए ।’

‘खुसी दिने’ व्यक्ति पाउनुभयो त ? भनेर सोधिएको प्रश्नमा उनले सटिक जवाफ भने दिएनन् । तर अबु अब्दुल्लाले आफू एकजनासँग वैवाहिक सम्बन्धमा रहेको र पुनः विवाह गर्ने योजनामा नरहेको स्पष्ट पारे । उनका धेरैजसो श्रीमती साउदीकै थिए । आफू विदेश भ्रमणमा जाँदा एकजना विदेशीसँग पनि उनले विवाह नगरेका होइनन् तर त्यो केही महिना मात्रै टिक्न सक्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट