२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिना जाहिदले जन्माइन् एक साथ ६ शिशु!

२०७९, २ आश्विन आईतवार ०८:००

एजेन्सी । पाकिस्तानको कराचीमा एक महिलाले एकसाथ ६ वटा बच्चालाई जन्म दिएकी छन् । कराचीको कालापुलका स्थानीय हिना जाहिदले एक साथ चार छोरा र दुई छोरी गरी ६ बच्चालाई जन्म दिएकी हुन् । हिनाले जन्म दिएकी ६ जनामध्ये एक छोरीको भने जन्मनेवित्तिकै मृत्यु भएको छ ।


हिनाले जिन्ना पोस्टग्रेजुएट मेडिकल सेन्टरमा ६ जना बच्चालाई जन्म दिएकी हुन् । डाक्टरका अनुसार हिनाले ६ वटै बच्चालाई नर्मल डेलिभरीमार्फत् जन्म दिएकी हुन् । जन्मदा सबै बच्चाको स्वास्थ्य अवस्था नर्मल भएपनि एक छोरीको भने जन्मनेवित्तिकै मृत्यु भएको डाक्टरले जनाएको छ । जिन्ना पोष्टग्रेजुएट मेडिकलका निर्देशकले भनेका छन्, ‘जन्मिएका ६ वटा शिशुमध्ये एकको जन्मनेवित्तिकै मृत्यु भएको छ । उनी छोरी थिइन् । अब पाँच शिशुहरु छन्, जसमध्ये ४ छोरा र एक छोरी छन् ।’

अहिले सास फेर्न केही असहज भएको कारण उक्त पाँचै जना शिशुहरुलाई नेशनल इन्स्टिट्युट अफ चाइल्ड हेल्थमा शिफ्ट गरिएको छ । एकसाथ ६ वटा शिशुलाई जन्मदिने हिनाको पहिले नै एउटा बच्चा रहेको छ । यस अगाडि यसै वर्षको अगष्टमा पाकिस्तानको सिंधमा एक महिलाले ४ शिशुलाई जन्म दिएकी थिइन् । यसका साथै पाकिस्तानको एक प्राइभेट अस्पतालका प्रवक्ताका अनुसार अमरोत शरीफ नामकी एक महिलाले पनि एकसाथ ५ शिशुलाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन