३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमाले के खाइन् जसले गर्दा बच्चाको अनुहार बिग्रियो ? अल्ट्रासाउन्डमा देखियो यस्तो छवि

९ आश्विन २०७९, आईतवार ०८:५८

एजेन्सी | गर्भमा भएका बच्चाले कुनै स्वाद महसुस गर्छन् ? वैज्ञानिकलाई यो प्रश्नले थुप्रै पटक झक्झाएको छ किनभने उनीहरुले सिधै खाना खाँदैनन् । आमाको पेटमा हुने एमनियोटिक फ्लुडमार्फत् शिशुलाई पोषक तत्व सञ्चारित हुन्छ । गर्भको बच्चाको स्वाद र उनीहरुको हाउभाउलाई प्रत्यक्ष रुपमा हालसम्मको कुनै पनि अनुसन्धानमा देखाइएको थिएन् । तर हालै इंगल्याण्डको बर्मिंघमस्थित एस्टन युनिभर्सिटीमा एउटा निकै रोचक अनुसन्धान गरिएको छ ।

अनुसन्धान गर्ने वैज्ञानिक बिजा उस्तुनले धेरै अनुसन्धानमा गर्भमा हुर्किरहेका बच्चाले स्वाद र गन्ध महसुस गर्न सक्छन् भनेर बताइएता पनि तिनिहरु बच्चा जन्मिएपछि गरिएको अनुसन्धानमा आधारित भएको बताएकी छिन् । उनले आफूहरुले गर्भमा हुर्किरहेका बच्चाको अनुहारको भावमाथि अनुसन्धान गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले यो कामका लागि फोरडी अल्ट्रासाउन्ड प्रविधिको उपयोग गर्यौँ । हाम्रो अनुसन्धानले के पत्ता लाग्छ भने गर्भमा भएक बच्चा जो स्वाद र गन्ध महसुस गर्छन् उनीहरुले जन्मिएपछि त्यसलाई छान्ने गर्छन् । ’

बिजाले थपिन्, ‘त्यसैले त कोही महिला गर्भवती हुँदा स्वस्थ खानेकुरा खानुपर्छ भनिन्छ नि ।’

अनुसन्धानका बेला वैज्ञानिकले ३२ र ३६ हप्ताको गर्भवती महिलालाई गाजर र केल (बन्दागोभीको एक प्रजाति) को पाउडरयुक्त क्याप्सुल दिइयो । क्याप्सुल दिएको केही बेरपछि नै गर्भको फोरडी अल्ट्रासाउन्ड गरियो । गाजरको स्वाद आउँदा बच्चाको अनुहारमा मुस्कान आयो जबकी केलको स्वाद आउने बित्तिकै रुन लागेको जस्तो अनुहार बन्यो । बच्चाको अनुहारको यो हाउभाउ आमाले क्याप्सुल खाएको करिब ३० मिनेटपछि देखियो । अर्थात् आधा घण्टामा क्याप्सुल आमाको पेटमा पचिरहेको थियो ।


आमाको रगतमा जब क्याप्सुलको सबै तत्व घोलिन्छ मेटाबोलाइजेशन र सर्कुलेशन हुन्छ । त्यसपछि यो एमनियोटिक फ्लुडसँग मिलेर गर्भमा हुर्किरहेको बच्चासमक्ष पुग्छ । शोधमा यो पनि पत्ता लाग्यो कि केल खाने महिलाको बच्चा अलि पछि विकसित भए भने गाजर खाने महिलाको बच्चा छिट्टै विकसित भए । अर्थात्, स्वस्थ खानपानले बच्चाको अनुहारसमेत पूरा शरीरको मांसपेशीमा असर पर्छ ।

यो अनुसन्धानपछि वैज्ञानिकले के आशा गरेका छन् कि भविष्यमा गर्भमा हुर्किरहेका शिशु सम्बन्धि जानकारी संकलन गर्न मद्दत मिल्नेछ । साथै शिशुले भिन्न भिन्न स्वादलाई गर्भमा नै पहिचान गर्ने र पछि के नखाने भनेर गर्भमा नै बुझ्ने पनि पत्ता लागेको छ । अब यो शोधमा समावेश सबै वैज्ञानिक पुनः एक फलो–अप स्टडी गरिरहेका छन् ताकि बच्चाले छान्ने खानेकुराबारे जानकारी हासिल गर्न सकियोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन