२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमाले के खाइन् जसले गर्दा बच्चाको अनुहार बिग्रियो ? अल्ट्रासाउन्डमा देखियो यस्तो छवि

२०७९, ९ आश्विन आईतवार ०८:५८

एजेन्सी | गर्भमा भएका बच्चाले कुनै स्वाद महसुस गर्छन् ? वैज्ञानिकलाई यो प्रश्नले थुप्रै पटक झक्झाएको छ किनभने उनीहरुले सिधै खाना खाँदैनन् । आमाको पेटमा हुने एमनियोटिक फ्लुडमार्फत् शिशुलाई पोषक तत्व सञ्चारित हुन्छ । गर्भको बच्चाको स्वाद र उनीहरुको हाउभाउलाई प्रत्यक्ष रुपमा हालसम्मको कुनै पनि अनुसन्धानमा देखाइएको थिएन् । तर हालै इंगल्याण्डको बर्मिंघमस्थित एस्टन युनिभर्सिटीमा एउटा निकै रोचक अनुसन्धान गरिएको छ ।

अनुसन्धान गर्ने वैज्ञानिक बिजा उस्तुनले धेरै अनुसन्धानमा गर्भमा हुर्किरहेका बच्चाले स्वाद र गन्ध महसुस गर्न सक्छन् भनेर बताइएता पनि तिनिहरु बच्चा जन्मिएपछि गरिएको अनुसन्धानमा आधारित भएको बताएकी छिन् । उनले आफूहरुले गर्भमा हुर्किरहेका बच्चाको अनुहारको भावमाथि अनुसन्धान गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले यो कामका लागि फोरडी अल्ट्रासाउन्ड प्रविधिको उपयोग गर्यौँ । हाम्रो अनुसन्धानले के पत्ता लाग्छ भने गर्भमा भएक बच्चा जो स्वाद र गन्ध महसुस गर्छन् उनीहरुले जन्मिएपछि त्यसलाई छान्ने गर्छन् । ’

बिजाले थपिन्, ‘त्यसैले त कोही महिला गर्भवती हुँदा स्वस्थ खानेकुरा खानुपर्छ भनिन्छ नि ।’

अनुसन्धानका बेला वैज्ञानिकले ३२ र ३६ हप्ताको गर्भवती महिलालाई गाजर र केल (बन्दागोभीको एक प्रजाति) को पाउडरयुक्त क्याप्सुल दिइयो । क्याप्सुल दिएको केही बेरपछि नै गर्भको फोरडी अल्ट्रासाउन्ड गरियो । गाजरको स्वाद आउँदा बच्चाको अनुहारमा मुस्कान आयो जबकी केलको स्वाद आउने बित्तिकै रुन लागेको जस्तो अनुहार बन्यो । बच्चाको अनुहारको यो हाउभाउ आमाले क्याप्सुल खाएको करिब ३० मिनेटपछि देखियो । अर्थात् आधा घण्टामा क्याप्सुल आमाको पेटमा पचिरहेको थियो ।


आमाको रगतमा जब क्याप्सुलको सबै तत्व घोलिन्छ मेटाबोलाइजेशन र सर्कुलेशन हुन्छ । त्यसपछि यो एमनियोटिक फ्लुडसँग मिलेर गर्भमा हुर्किरहेको बच्चासमक्ष पुग्छ । शोधमा यो पनि पत्ता लाग्यो कि केल खाने महिलाको बच्चा अलि पछि विकसित भए भने गाजर खाने महिलाको बच्चा छिट्टै विकसित भए । अर्थात्, स्वस्थ खानपानले बच्चाको अनुहारसमेत पूरा शरीरको मांसपेशीमा असर पर्छ ।

यो अनुसन्धानपछि वैज्ञानिकले के आशा गरेका छन् कि भविष्यमा गर्भमा हुर्किरहेका शिशु सम्बन्धि जानकारी संकलन गर्न मद्दत मिल्नेछ । साथै शिशुले भिन्न भिन्न स्वादलाई गर्भमा नै पहिचान गर्ने र पछि के नखाने भनेर गर्भमा नै बुझ्ने पनि पत्ता लागेको छ । अब यो शोधमा समावेश सबै वैज्ञानिक पुनः एक फलो–अप स्टडी गरिरहेका छन् ताकि बच्चाले छान्ने खानेकुराबारे जानकारी हासिल गर्न सकियोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा