२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ दिनकी शिशुको पेटबाट निकालियो ८ वटा भ्रुण, डाक्टर भन्छन्– विश्वमै यस्तो पहिलो घटना

२०७९, १८ कार्तिक शुक्रबार ०७:१४

कात्तिक १८, काठमाडौं | एजेन्सी | संसारमा कहिलेकाहीं अकल्पनीय घटना हुन्छन् । भारतको झारखण्डस्थित रामगढमा एउटा यस्तै घटना भएको छ । त्यहाँ २१ दिनकी एक शिशुको पेटबाट आठवटा अविकसित भ्रुण निकालिएको छ । बालबालिकाको पेटबाट भ्रूण निस्कने घटना थोरै मात्रै भएको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार आठ भ्रूण निकालिएको यो संसारको पहिलो घटना हो।

राँचीस्थित रानी बाल अस्पतालमा शल्यक्रिया गरी ती भ्रुण निकालिएको हो । शिशु अहिले पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ ।

8 Fetuses in Newborn Girl: চিকিৎসাবিজ্ঞানে বিরলতম ! সদ্যোজাত শিশুকন্যার  পেটে মিলল 8টি ভ্রূণ !

एक महिलाले गत अक्टोबर १० मा एउटा स्थानीय अस्पतालमा ती शिशुको जन्म दिएकी थिइन् । पेटमा समस्या देखिएपछि अस्पतालमा उनको सिटी स्क्यान गराइयो । त्यस क्रममा उनको पेटमा ट्युमर भएको आशंका डाक्टरहरुले गरेका थिए । राम्रो उपचारका लागि डाक्टरहरुले ती शिशुलाई राँची पठाइदिए । राँचीको बाल अस्पतालमा ती बच्चीको शल्यक्रिया गरी पेटमा रहेको वस्तु निकाल्ने क्रममा चिकित्सकहरु छक्क परे । किनकि उनको पेटमा ट्युमर नभई आठवटा अविकसित भ्रुण थिए ।

चिकित्सकका अनुसार नवजात शिशुको पेटमा यस्तो अविकसित भ्रुण फेला पर्नु निकै दुर्लभ घटना हो । १० लाख बच्चामा एक जनामा मात्र यस्तो हुन्छ ।

यसलाई चिकित्सा भाषामा फिटस इन फिटू भनिन्छ । जहाँ बच्चाको पेटमा बच्चा बन्न लाग्छ । चिकित्सकका अनुसार जब गर्भमा एक भन्दा धेरै भ्रुण हुर्किरहेका हुन्छन्, त्यसबेला कुनै भ्रुणको विकास कम हुँदा त्यस्ता भ्रुण विकसित भ्रुणभित्र विलय हुन्छन् । अनि त्यस्ता भ्रुण बच्चाको शरीरभित्र बढ्न थाल्छन् । एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा