१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ दिनकी शिशुको पेटबाट निकालियो ८ वटा भ्रुण, डाक्टर भन्छन्– विश्वमै यस्तो पहिलो घटना

१८ कार्तिक २०७९, शुक्रबार ०७:१४

कात्तिक १८, काठमाडौं | एजेन्सी | संसारमा कहिलेकाहीं अकल्पनीय घटना हुन्छन् । भारतको झारखण्डस्थित रामगढमा एउटा यस्तै घटना भएको छ । त्यहाँ २१ दिनकी एक शिशुको पेटबाट आठवटा अविकसित भ्रुण निकालिएको छ । बालबालिकाको पेटबाट भ्रूण निस्कने घटना थोरै मात्रै भएको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार आठ भ्रूण निकालिएको यो संसारको पहिलो घटना हो।

राँचीस्थित रानी बाल अस्पतालमा शल्यक्रिया गरी ती भ्रुण निकालिएको हो । शिशु अहिले पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ ।

8 Fetuses in Newborn Girl: চিকিৎসাবিজ্ঞানে বিরলতম ! সদ্যোজাত শিশুকন্যার  পেটে মিলল 8টি ভ্রূণ !

एक महिलाले गत अक्टोबर १० मा एउटा स्थानीय अस्पतालमा ती शिशुको जन्म दिएकी थिइन् । पेटमा समस्या देखिएपछि अस्पतालमा उनको सिटी स्क्यान गराइयो । त्यस क्रममा उनको पेटमा ट्युमर भएको आशंका डाक्टरहरुले गरेका थिए । राम्रो उपचारका लागि डाक्टरहरुले ती शिशुलाई राँची पठाइदिए । राँचीको बाल अस्पतालमा ती बच्चीको शल्यक्रिया गरी पेटमा रहेको वस्तु निकाल्ने क्रममा चिकित्सकहरु छक्क परे । किनकि उनको पेटमा ट्युमर नभई आठवटा अविकसित भ्रुण थिए ।

चिकित्सकका अनुसार नवजात शिशुको पेटमा यस्तो अविकसित भ्रुण फेला पर्नु निकै दुर्लभ घटना हो । १० लाख बच्चामा एक जनामा मात्र यस्तो हुन्छ ।

यसलाई चिकित्सा भाषामा फिटस इन फिटू भनिन्छ । जहाँ बच्चाको पेटमा बच्चा बन्न लाग्छ । चिकित्सकका अनुसार जब गर्भमा एक भन्दा धेरै भ्रुण हुर्किरहेका हुन्छन्, त्यसबेला कुनै भ्रुणको विकास कम हुँदा त्यस्ता भ्रुण विकसित भ्रुणभित्र विलय हुन्छन् । अनि त्यस्ता भ्रुण बच्चाको शरीरभित्र बढ्न थाल्छन् । एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन