१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्लभ घटना : पुच्छर भएकी बालिकाको जन्म

१५ मंसिर २०७९, बिहीबार ०८:०६

एजेन्सी | मेक्सिकोमा चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना बाहिर आएको छ । यहाँ २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन् । पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप  बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन् ।

यो पुच्छर अहिले चिकित्सकहरुले निकालिसकेका छन् । बालिका अस्पतालबाट डिस्चार्ज भएको दुई महिनाभन्दा बढी भइसकेको छ । उनी पूर्ण रुपमा स्वस्थ छिन् ।

पुच्छरमा रौँ, टुप्पोको आकार गोलो

जर्नल अफ पेडियाट्रिक सर्जरीमा प्रकाशित यो केस रिपोर्ट अनुसार बच्चाको पुच्छरको लम्बाइ ५.७ सेन्टिमिटर थियो । यसको व्यास ३ देखि ५ मिलीमिटरको बीच थियो । जन्मँदा पुच्छरमा हल्का रौँ थियो र टुप्पो पट्टिको आकार गोलो थियो । डाक्टरहरूले बच्चा जन्मे पछि अर्को दुई महिनासम्म निगरानी गरे । यस क्रममा उनीहरुले नवजात शिशु सामान्य बच्चा जस्तै हुर्किरहेको पाए । तौल पनि सामान्य थियो । दिमाग र हृदयमा कुनै समस्या थिएन ।


सुत्केरी हुँदा कुनै संक्रमण थिएन, आमा छोरी स्वस्थ

उत्तरपूर्वी मेक्सिकोको नुवो लियोन राज्यको ग्रामीण अस्पतालमा बालिकाको जन्म भएको हो । आमा सामान्य तरिकाले सुत्केरी नभएर शल्यक्रिया गरेर बच्चा निकाल्नुपरेको थियो । बालिकाका अभिभावकको उमेर २० देखि ३० वर्षको बीचमा रहेको र दुवै पूर्ण रूपमा स्वस्थ छन् । गर्भावस्थाको समयमा, आमा कुनै पनि प्रकारको विकिरण वा संक्रमणको सम्पर्कमा आएकी थिइनन्  । उनीहरुका पहिले नै एक छोरा छन्, उनले सामान्य जीवन बिताइरहेका छन् ।

पुच्छरमा दुखाइ थिएन, हल्लाउन पनि सकिन्थ्यो

डाक्टरका अनुसार पुच्छरमा हड्डी नभएका कारण नरम थियो । पुच्छर कुनै पीडा बिना हल्लाउन सकिन्थ्यो । डाक्टरहरूले पूर्ण परीक्षणपछि पुच्छर पनि पूर्ण रूपमा स्वस्थ रहेको पत्ता लगाए । त्यसपछि बालिकाको शल्यक्रिया गर्ने निर्णय भयो । शल्यक्रियामा पुच्छरलाई लिम्बर्ग प्लास्टी गरेर शरीरबाट हटाइएको थियो ।

ट्रु टेलको यो दुर्लभ केस, ब्राजिलमा यस्तो केस भेटिएको छ


यसअघि पनि पुच्छरसहित केही बच्चा जन्मिएका छन् । हालसम्म मानिसमा दुई प्रकारको पुच्छर भेटिएको छ । पहिलो– भेस्टिजियल टेल र दोस्रो ट्रु टेल । भेस्टिजियल पुच्छरलाई यस्तो पुच्छर भनिन्छ, जसले मानव जातिको विकास देखाउँछ । यसको पुच्छर भित्र हड्डी हुन्छ । अमेरिका, इङ्गल्याण्ड, फ्रान्स, जापान, इटाली र जर्मनीमा हालसम्म १९५ जनामा ​​यस्तो देखिएको छ ।

अर्कोतर्फ, ट्रु टेल यस्तो पुच्छरलाई भनिन्छ जसमा हड्डी हुँदैन । यसमा तन्तु र बोसो मात्र हुन्छ । यो पुच्छर धेरै दुर्लभ छ । हालसम्म विश्वभर यस्ता ४० वटा केस भेटिएको छ । यसअघि सन् २०२१ मा ब्राजिलमा यस्तो पुच्छर भएको बच्चाको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह